arrow

महोत्तरीका सबै क्रसर बन्द गर्ने समितिको निर्णय

logo
नागेन्द्रकुमार कर्ण,
प्रकाशित २०७५ फागुन २ बिहिबार
crashar_udhyog.JPG

महोत्तरी। महोत्तरी जिल्लामा अवैध रुपमा नदिजन्य पदार्थको दोहन एवं अवैध उत्खनन भइरहेको भन्दै जिल्ला समन्वय समिति महोत्तरीले तत्कालको लागि सबै क्रसर उद्योग वन्द गर्ने निर्णय गरेको छ । फागुन १ गते बसेको बैठकबाट तत्कालको लागि क्रसर उद्योग बन्द गर्ने निर्णय गरिएको जिल्ला समन्वय समितिका प्रवक्ता सुदिपकुमार झाद्वारा हस्ताक्षरित विज्ञप्तिमा जनाइएको छ ।

नदिजन्य तथा खानीजन्य पदार्थको उत्खनन तथा बिक्रि वितरण प्रक्रियाको अनुगमन गर्न जिल्ला समन्वय समिति प्रमुख संयोजक रहने व्यवस्था छ । सो समितिको पुस १० गतेको पहिलो बैठकबाट जिल्ला भित्रका नगरपालिका र गाउँपालिकालाई आर्थिक वर्ष २०७५-०७६ मा नदिजन्य पदार्थ ठेक्काहरुको बन्दोबस्तको प्रक्रिया, राजश्व असुलिको प्रक्रिया र क्रसर उद्योगहरुलाई दर्ता नवीकरण लगायत सम्पूर्ण विवरण ७ दिनभित्र माँग गर्ने निर्णय गरिए वमोजिम पत्राचार गरिएपनि कुनै पनि निकायले जवाफ नदिएको र नदिजन्य दोहन कार्य भइरहेकोले यस्तो निर्णय गरिएको प्रवक्ता झाले जानकारी दिए ।

उनले नदिजन्य पदार्थ दोहनको स्थितीबारे गरिएको अनुगमनमा वेथिती पाइएपछि समितिको बैठकले तत्कालको लागि यस्तो निर्णय गरेको बताउनुहुदै प्रवक्ता झाले सोचेभन्दा अवस्था भयावह रहेको बताए । जिल्ला समन्वय समितिका प्रमुख तथा अनुगमन संयोजक सुरेश प्रसाद सिंहले आफुहरुले नदिजन्य पदार्थको दोहन र उत्खननको अवस्थाबारे गरेको अनुगमनमा सोचेभन्दा अवस्था फरक पाइएको र जनताहरुले आफुहरुलाई नै दोष देखाउन थालेपछि तत्कालको लागि यस्तो निर्णय गरिएको बताए ।

उनले नदिजन्य पदार्थहरुको ठेक्का लगाउने, बन्दोवस्ती गर्ने निकाय स्थानीयतह भएपनि आफुहरुले गर्ने अनुगमनमा वेथिती पाए कारवाहीको प्रक्रिया अगाडी बढाउने आश्वासन दिनुहुदै पुनः सबै निकायलाई सम्पूर्ण विवरणको लागि भनिसकिएको बताए । उनले अवैध उत्खनन कार्यलाई नियन्त्रणमा लिन हरसम्भव प्रयास गरिने स्पष्ट गरे।

महोत्तरी जिल्लाको विभिन्न स्थानीयतहरुले आफुखुशी नदिजन्य पदार्थको लागि ठेक्का लगाउने गर्नाले जलस्तरबढी बाढीको चपेटमा जिल्लाको दर्जनौं गाउँहरु पदैं आएका छन्भने पानीको लेयर समेत घटी मरुभूमिकरण बढदै गइरहेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ