arrow

व्यवसायी भन्छन् 'नेपाल अब हामी बनाउँछौं' 

logo
प्रकाशित २०७५ फागुन २ बिहिबार
KP_oli_Interprenurship.jpg

काठमाडौँ । नेपालमा पहिलो पटक  ‘नेपाल उद्यमशीलता सम्मेलन–२०१९’ सुरु भएको छ । ‘सङ्घीय नेपाल, लगानी र समृद्धिको अवसर’ भन्ने नाराका साथ नेपाल उद्योग परिसङ्घ, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय र अर्थ मन्त्रालयको संयुक्त आयोजनामा बिहीबारदेखि राजधानीमा सुरु भएको पहिलो ‘नेपाल उद्यमशीलता सम्मेलन–२०१९’को राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गरेकी हुन् । 

समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले नेपालमा उद्यमशीलताका लागि युवा जनशक्तिलाई उत्प्रेरित गर्न, लगानीमैत्री वातावरण सिर्जना गर्न र सरकारी सेवालाई संस्थागत र सरलीकरण एवं सुदृढ गर्न व्यावसायिक शिक्षा र तालीमको व्यवस्था गरी उद्यमशीलताबारे राष्ट्रिय, क्षेत्रीय र अन्तर्राष्ट्रियस्तरमा अनुभव आदानप्रदान गर्नुपर्नेमा जोड दिइन् । कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुक अब सबै मिलेर बनाउने बेला भएको भन्दै उनले उद्यमीहरुको प्रयासमा सरकारले पूर्ण रुपमा सहयोग गर्ने प्रतिबद्धता पनि व्यक्त गरे । 

कार्यक्रममा बोल्ने अधिकांश उद्यमीहरुले अब हामी सबै जना मिलेर नेपाल बनाउनु पर्नेमा जोड दिएका छन् । उद्यमशीलताको माध्यमबाटै स्वदेशमै रोजगारीको अवसर सिर्जना हुने भएकाले युवापुस्तालाई विदेश पलायन हुनबाट रोक्न सकिने बताउँदै उहाँले ‘समृद्ध नेपाल र सुखी नेपाली’को अभियानलाई सार्थक बनाउन नेपाली युवालाई उद्यमशीलतामार्फत आर्थिक विकासमा प्रत्यक्ष सहभागी गराई उनीहरुमा रहेका ज्ञान, क्षमता, दक्षता र विज्ञतालाई उपयोग गर्नुपर्नेमा जोड दिए। 

राष्ट्रपति भण्डारीले नयाँ सोच, नयाँपन, नवीन प्रविधि र सिर्जनशीलताको विकासमा सहयोग पु¥याउनुपर्ने बताउँदै नवीन सोच भएका युवाका लागि लगानी र उद्यमशील वातावरण तयार भएमा नेपाली युवा विश्व बजारमा प्रतिष्पर्धा गर्न सक्षम हुने विश्वास व्यक्त गरे । मुलुकको आर्थिक विकासका लागि उद्यमशीलताबाटै स्वरोजगार एवं रोजगारी सिर्जना गर्न युवापुस्ताको भूमिका महत्वपूर्ण हुने उनले उल्लेख गरे । सम्मेलनले उद्यमीले भोग्नुपरेका समस्याको विश्लेषण गर्दै समाधानका उत्तम उपाय, चुनौती तथा अवसर पहिचान गरी सुझावसहित उचित निष्कर्ष निकाल्ने विश्वास व्यक्त गर्दै राष्ट्रपति भण्डारीले विद्यमान ऐन कानूनलाई सङ्घीय संरचनाअनुकूल बनाउन आफ्नो तर्फबाट लिनुपर्ने अग्रसरता सम्मेलनले लिने विश्वास व्यक्त गरे। 

“देशको समग्र विकासलाई दृष्टिगत गर्दा हामीसँग भएका स्रोतसाधनको दिगो र उचित विकास गरी निर्यात प्रवद्र्धन गर्नुपर्र्ने मुख्य जिम्मेवारी देखिएको छ, यी कार्य सम्भव गराउन युवाले नवीनतम सोच र नवीन प्रविधिको प्रयोगबाट विश्व बजारमा प्रतिष्पर्धा गर्ने क्षमता राख्नुपर्छ”, राष्ट्रपति भण्डारीले भने । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादवले मुलुकमा लामो समयसम्म अधिकारका लागि लडाइँ चलेको उल्लेख गर्दै अब आन्दोलनको मानसिकता त्यागी समृद्धिको लडाइँमा सबै एकजुट भएर लाग्नुपर्ने बताए । 

उनले लगानीका लागि उचित वातावरण तयार गर्न सरकार तयार रहेको बताउँदै समस्या रहेका क्षेत्रको पहिचान गरी त्यसको समाधान गर्न सरकार व्यवसायीसँग छलफलका लागि जुनसुकै समयमा पनि तयार रहेको बताए । उनले भने, “अबको अर्थतन्त्रको लक्ष्य भनेको आयातमुखी होइन, निर्यातमुखी हुनुपर्छ ।” नेपाल उद्योग परिसङ्घका अध्यक्ष हरिभक्त शर्माले आर्थिक समृद्घिका लागि निजी क्षेत्र सरकारसँग हातेमालो गरेर अघि बढ्न तयार रहेको बताउनुहुँदै पुराना कानून संशोधन गरी लगानीमैत्री बनाउन आग्रह गरे। 

उनले लगानीको उचित वातावरण तयार गर्न प्रदेश तथा सङ्घीय सरकारसँग माग गर्दै अबको कानून लगानीमैत्री र लगानीका हिसाबले दक्षिण एशियाकै उत्कृष्ट बनाउन आग्रह गरे । सम्मेलनको दोस्रोसत्रमा आजै विभिन्न व्यक्तित्वले कार्यपत्र प्रस्तुत गर्ने कार्यक्रम छ । सम्मेलनमा सातै प्रदेशका उद्योगमन्त्री, मुलुकभरका उद्योगी व्यवसायीलगायतको सहभागिता रहेको छ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ