arrow

भूपू विद्यार्थीले दिए विद्यालयलाई सवा तीन लाख सहयोग

logo
कौरव खत्री,
प्रकाशित २०७५ फागुन २ बिहिबार
bhupu-student.jpg

गुल्मी । गुल्मीको  एक माध्यमिक विद्यालयको लागि भूतपूर्व विद्यार्थीहरु मिलेर सामुहिक रुपमा आर्थिक सहयोग रकम विद्यालयलाई हस्तान्तरण गरेका छन् ।

मुसिकोट नगरपालिका २ मुसिकोटमा रहेको नेपाल राष्ट्रिय त्रिभुवन माध्यमिक विद्यालयको लागि सोही विद्यालयमा अध्ययन गरेका ८ जना भूतपूर्व विद्यार्थीहरुले सामुहिक रुपमा नगद संकलन गरेर विद्यालयलाई रु.३ लाख,२४ हजार,६सय नगद रकम हस्तान्तरण गरिएको भूतपूर्व विद्यार्थी एवं सामाजिक अभियान्ता विद्यालक्ष्मी कार्कीले जानकारी दिइन् ।

यसरी सहयोग गर्नेहरुमा पूर्व विद्यार्थी विद्यालक्ष्मी कार्कीबाट रु.१लाख,४६ हजार,विष्णु खत्रीबाट रु. ५५ हजार, यस्तै तेजेन्द्र खत्रीबाट रु. ५१ हजार, रवि घिमिरेबाट रु. ५१ हजार,बसन्त घिमिरेबाट रु.६हजार,५ सय, बावुराम घिमिरेबाट रु.५ हजार,१सय,दान घिमिरेबाट रु.५ हजार,कल्पना खरालबाट ५ हजार गरि कुल रु.३ लाख,२४ हजार,६सय मात्र रकम विद्यालयलाई सहयोग प्रदान गरेका थिए ।

उक्क्त सहयोग रकम विद्यालयमा सञ्चालन भइरहेको मुसिकोट शैक्षिक तथा धार्मिक  हिरक महोत्सव एंव श्रीमद्भागवत धन–धान्याञ्चल सप्ताह ज्ञानमहायज्ञको अवसरमा सहयोग हस्तान्तरण गरिएको हो ।

साथै उनीहरुलाई अध्यापन गराएका गुरुहरु तेज बहाुर महत,पार्वती खराल,गोपाल घर्ति,इश्वरीप्रसाद आचार्य,नर बहादुर महत,अनिशा केसी लगायतका गुरुहरुलाई भूतपूर्व विद्यार्थी विद्यालक्ष्मी कार्की, र विष्णु खत्रीहरुद्धारा गुरुहरुलाई विशेष सम्मान गरेका थिए ।

सोही अवसरमा विद्यालयले राखेको कृषि शिक्षा सञ्चानार्थको उद्देश्यलाई सफल बनाउन र समय सान्दर्भिक प्राविधिक शिक्षामा जोड दिदै आफूहरुले उद्देश्य प्राप्तिमा सहयोग पुर्‍याउने हेतलु रकम सहयोग गरेको पूर्व विद्यार्थी विद्यालक्ष्मी कार्कीले जानकारी दिइन् ।

सहयोग गरेको बताइन । विद्यालयमा प्राविधिक कृषि शिक्षा सञ्चानार्थको लागि गत माघ २१ गते शुरु गरिएको मुसिकोट शैक्षिक तथा धार्मिक  हिरक महोत्सव तथा श्रीमद्भागवत धन–धान्याञ्चल सप्ताह ज्ञानमहायज्ञ २९ गतेसम्म  सञ्चालन भएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ