arrow

‘लुम्बिनीसँगै प्रदेशको समृद्धि जोडिएको छ’

logo
प्रकाशित २०७५ फागुन २ बिहिबार
lumbini-new-fnl.jpg.jpeg

रुपन्देही ।  प्रदेश ५ का उपसभामुख कृष्णी थारुले बुद्ध जन्मस्थललाई संसारकै पवित्र आध्यात्मिक तीर्थस्थलका रुपमा विकास गर्न आवश्यक रहेको बताएका छन् ।

रुपन्देहीको शङ्करनगरमा रहेको सुख शान्ति बौद्ध विहारमा आज आयोजना गरिएको गजुर प्रतिस्थापन कार्यक्रमलाई सम्बोधन गर्दै उनले लुम्बिनीको विकासका लागि प्रदेश सरकारले योजनाबद्ध ढङ्गले कामको थालनी गरेको स्पष्ट पारे। लुम्बिनी क्षेत्रको घनिभूत विकासका लागि थुप्रै खालका योजनाले धमाधम गति लिएका छन्”, उहाँले भन्नुभयो, “लुम्बिनीसँगै प्रदेशको समृद्धि जोडिएको छ ।”

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको काम सकिएपछि लुम्बिनी आउने पर्यटकको सङ्ख्या बढ्ने उनले बताए । उनले भने, “लुम्बिनीसँगको पहुँच अभिवृद्धिका लागि यससँग जोडिएका सडक चौडा हुँदैछन् ।” यस क्षेत्रको पर्यटनलाई प्रवद्र्धन गर्न दीगो र व्यवस्थित योजना बनाएर अघि बढ्ने प्रदेश सरकारको चाहना रहेको उनको भनाइ छ ।

लुम्बिनीको पर्यटनबाट फाइदा लिनसक्ने अवस्था सिर्जना गर्न तीनै तहका सरकारको ध्यान लुम्बिनीको विकासमा केन्द्रित भएको उनले धारणा राखे।

कार्यक्रममा म्यान्मारका राजदूत थिरी प्यान्ची उ तुन ने लिनले बर्मावासी अधिकांश बुद्ध जन्मस्थल आउन चाहेको बताइन्। उनले बर्मामा नेपाली भाषीको सङ्ख्या धेरै भएकाले नेपाल र म्यान्माबीच आत्मीय सम्बन्ध रहेको उल्लेख गरिन्।

कार्यक्रममा अखिल नेपाल भिक्षु महासङ्घका अध्यक्ष मैत्री महास्थवीर, भिक्षु प्रज्ञा श्रीलगायतले बुद्ध दर्शनका विषयमा चर्चा गरेका थिए । सो अवसरमा नवनिर्मित सीमागृहमा गजुर प्रतिस्थापन गरिएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ