arrow

भारतद्वारा सर्जिकल स्ट्राईक-२ को संकेत

logo
प्रकाशित २०७५ फागुन ३ शुक्रबार
Surgical_stric.jpg

नयाँ दिल्ली । के पाकिस्तानले काश्मिरको पुलवामा गरेको हमलापछि भारत सरकार सर्जिकल स्ट्राईक २ को तयारीमा छ ? यो धेरैको चासोको विषय बनेको छ। के भारतले पाकिकस्तान माथि फेरि पनि आक्रमण गर्ने तयारी गरिरहेको छ ?

यो प्रश्न बिहीबार पाकिस्तानी हमला पछि प्रधानमन्त्री मोदीमाथि तेर्सिँदै आएको छ। यसैबीच प्रधानमन्त्री मोदीले ट्वीट मार्फत् केन्द्र सरकारका मन्त्रीहरुको कडा बयानले भारत फेरि अर्काे सर्जिकल स्ट्राईकको तयारीमा लागेको देखिएको छ। 

उरीमा सेनाको क्याम्पमा गरिएको हमलापछि भारतले सर्जिकल स्ट्राइक गर्दै पाकिस्तानको सीमामा घुसेर आतंककारी शिविरलाई तहसनहस गरिदिएको थियो। यसमा कैंयौं आतंककारीहरुको हत्या गरिदिएको भारतीय पक्षको दाबी छ। मोदी र केही मन्त्रीहरुको बयानलाई आधार मान्दा मोदी सरकार फेरिपनि सर्जिकल स्ट्राईक २ को तयारीमा रहेको बुझिएको छ। 

जम्मू-कश्मीरका पुलवामामा बिहीबार सीआरपीएफका दस्तामा गरिएको हमलामा झण्डै ४० जनाको ज्यान गएको छ। यो घटनाले भारत अहिले अत्यन्तै दुखित भएको छ। यो हमला पछि भारतीय प्रधानमन्त्री मोदीले ट्वीट गर्दै जवानहरुको परिवारजनप्रति संवेदना जनाउँदै जवानहरुको शहादत बेकार नहुने चेतावनी दिए। के भारत यस हमलामा शामेल संगठन जैश-ए-मोहम्मदका सरगना मसूद अजहरका खिलाप कारबाही गर्दै अझै थप योजनामा रहेको बताइएको छ।

अहिले पुलवामा हमला पछि तुरुन्त विपक्षी दलले केन्द्र सरकारमाथि हमला गरेको छ। भारतीयहरुलाई यो पनि लागिरहेको छ कि के मोदी सरकार उरी हमलापछि गरिएको सर्जिकल स्ट्राइक जस्तै कोही कदम उठाउँछ र भारतीय सञ्चार माध्यम नभभारत टाईमले प्रधानमन्त्री कार्यालय स्रोतको उल्लेख गर्दै फेरि सर्जिकल स्ट्राईकको तयारीमा भारत सरकार रहेको बताएको छ। 

उता पाकिस्तानले भने यो विषयमा थप जाँच विना नै भारतीय मिडियाहरुले पाकिस्तानमाथि आरोप लगाएको प्रति आपत्ति जनाएको छ। उसले विना कुनै जाँच त्यो आक्रमणमा पाकिस्तानको सहभागिता रहेको भन्ने आरोपको खण्डन समेत गरेको छ। यद्यपि यो घटना दुखद् रहेको समेत पाकिस्तान सरकारको प्रतिक्रिया छ। 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ