arrow

मोदी निवासमा ५५ मिनेटको आकस्मिक बैठक, सुरक्षा निकाय एक्सन लिने मनस्थितिमा

मोदीले भने ‘हमलाको छिट्टै जवाफ मिल्नेछ’ 

logo
प्रकाशित २०७५ फागुन ३ शुक्रबार
punawama_accident.JPG

काठमाडौं । शुक्रबार विहान भारतीय प्रधानमन्त्री मोदीको सरकारी निवासमा भारतको सुरक्षा बैठक बसेको छ । प्रधानमन्त्री, रक्षामन्त्री, अर्थमन्त्री र गृहमन्त्री सहितको बैठकले आतंककारी हमला विरुद्ध सरकार कडा रुपमा प्रस्तुत हुने निर्णय गरेको छ । बैठक पछि मोदीले सो हमलाको छिट्टै जवाफ मिल्ने चेतावनी दिएका छन् भने सुरक्षा निकायका प्रमुखहरु समेत एक्सनमा जाने तयारीमा रहेको समाचार नवभारत टाईम्सले जनाएको छ । 

यो बैठकको निर्णयसँगै गृहमन्त्री राजनाथ सिंह पुलवामामा भएको घटनाको घटनास्थलमै पुगेर निरीक्षण गरेका छन् । उनले सोमबार नै श्रीनगरमा सर्वदलीय बैठक आह्वान गनरेका छन् । बैठक पछिको पत्रकार सम्मेलनमा बोल्दै अर्थमन्त्री अरुण जेट्लीले यो घटना पाकिस्तानले गरेको आरोप लगाएका छन् । यद्यपि पाकिस्तानले भने यो घटनाको जिम्मा लिएको छैन । 

प्रधानमन्त्रीको अध्यक्षतामा ५५ मिनेटसम्म बसेको बैठकले महत्वपूर्ण रणनीति तय गरेको बताईएको छ । तर, यस विषयमा भने केही पनि कुरा सार्वजनिक गरिएको छैन । मध्यप्रदेशमा र्‍यालीमा सहभागी हुन जाने तयारीमा रहेका प्रधानमन्त्री नरेन्द्र मोदीले र्‍याली स्थगित गरिदिएका छन् । 

अर्थमन्त्री जेट्लीले पाकिस्तानलाई दिईएको मोस्ट फेवर्ड नेशनको दर्जा समेत फिर्त लिईएको बताएका छन् । स्रोतका अनुसार बैठकमा सुरक्षा निकायका प्रमुखहरुले त्यो घटनाको प्रतिकारमा तत्काल उत्रिन आफूहरु सक्षम रहेको भन्दै एक्सन चाल्ने तयारी सुनाएका थिए । 

यस अघि नै प्रधानमन्त्री मोदीले ट्वीट मार्फत् केन्द्र सरकारका मन्त्रीहरुको कडा बयानले भारत फेरि अर्को सर्जिकल स्ट्राईकको संकेत भने दिएका छन् । उरीमा सेनाको क्याम्पमा गरिएको हमलापछि भारतले सर्जिकल स्ट्राइक गर्दै पाकिस्तानको सीमामा घुसेर आतंककारी शिविरलाई तहसनहस गरिदिएको थियो। यसमा कैंयौं आतंककारीहरुको हत्या गरिदिएको भारतीय पक्षको दाबी छ। मोदी र केही मन्त्रीहरुको बयानलाई आधार मान्दा मोदी सरकार फेरिपनि सर्जिकल स्ट्राईक २ को तयारीमा रहेको बुझिएको छ। 

जम्मू(कश्मीरका पुलवामामा बिहीबार सीआरपीएफका दस्तामा गरिएको हमलामा झण्डै ४० जनाको ज्यान गएको छ। यो घटनाले भारत अहिले अत्यन्तै दुखित भएको छ। यो हमला पछि भारतीय प्रधानमन्त्री मोदीले ट्वीट गर्दै जवानहरुको परिवारजनप्रति संवेदना जनाउँदै जवानहरुको शहादत बेकार नहुने चेतावनी दिए। के भारत यस हमलामा शामेल संगठन जैश(ए(मोहम्मदका सरगना मसूद अजहरका खिलाप कारबाही गर्दै अझै थप योजनामा रहेको बताइएको छ।

अहिले पुलवामा हमला पछि तुरुन्त विपक्षी दलले केन्द्र सरकारमाथि हमला गरेको छ। भारतीयहरुलाई यो पनि लागिरहेको छ कि के मोदी सरकार उरी हमलापछि गरिएको सर्जिकल स्ट्राइक जस्तै कोही कदम उठाउँछ र भारतीय सञ्चार माध्यम नभभारत टाईमले प्रधानमन्त्री कार्यालय स्रोतको उल्लेख गर्दै फेरि सर्जिकल स्ट्राईकको तयारीमा भारत सरकार रहेको बताएको छ। 

उता पाकिस्तानले भने यो विषयमा थप जाँच विना नै भारतीय मिडियाहरुले पाकिस्तानमाथि आरोप लगाएको प्रति आपत्ति जनाएको छ। उसले विना कुनै जाँच त्यो आक्रमणमा पाकिस्तानको सहभागिता रहेको भन्ने आरोपको खण्डन समेत गरेको छ। यद्यपि यो घटना दुखद् रहेको समेत पाकिस्तान सरकारको प्रतिक्रिया छ। 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ