arrow

विद्यालय भवन हस्तान्तरण

logo
प्रकाशित २०७२ फागुन २८ शुक्रबार
school-children.jpg.jpeg
काठमाडौं । गत बैशाख १२ र २९ गतेको विनाशकारी भूकम्पबाट प्रभावित खुला आकाश मुनी पठन पाठन गर्न बाध्य श्री देउराली नि.मा.वि होसिङ्गाको १० कोठे विद्यालय भवन समृद्ध नयाँ नेपाल संस्थाले बनाएको छ। सान एन्टानियो नेप्लिज एशोसियसन अमेरिकाको आर्थिक सहयोगमा निर्मित विद्यालय भवन अन्र्तराष्ट्रिय आध्यात्मिक युवा व्यक्तित्व विभूजी महाराजबाट उद्घाटन गरि विद्यालयलाई हस्तान्तरण गरिएको छ। 
 
नेपाल मानव धर्म सेवा समिति एवं समृद्ध नयाँ नेपालको संयुक्त आयोजनमा उक्त विद्यालयमा अध्यनरत र अन्य विद्यालयका गरी ४०० जना भन्दा बढि विद्यार्थीहरुलाई कापी, कलम र स्टेशनरी सामग्री वितरण समेत वितरण गरिएको छ। 
 
शिक्षाद्घारा समाजमा ठूलो परिवर्तन ल्याउन सकिन्छ, शिक्षाको उज्यालो घामबाट कोही पनि बालबालिका पछि पर्न हुदैन भन्ने उदेश्यले शिक्षा अभियान नेपाल लगायत सारा विश्वमा महाअभियानको रुपमा सुरु भएको र त्यसको फाईदा दुर्गमका बालबालिकाले पाउने बताए। समृद्ध नयाँ नेपाल संस्थाका अध्यक्ष ई. राजिव पौडेलले बालबालिकालाई शिक्षाबाट पछि पर्न नदिन संस्था निरन्तर रुपमा अगाडी बढेको बताए । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ