arrow

आक्रमणको दुई दिनअघि नै ट्वीटरमा छाएको थियो धम्कीको भिडियो

logo
प्रकाशित २०७५ फागुन ३ शुक्रबार
puluwa.JPG

काठमाडौं । भारतको काश्मिरको पुलवामा भएको हमलाको दुई दिनअघि नै सामाजिक सञ्जालमा धम्कीको भिडियो सार्वजनिक भएको खुलेको छ । आक्रमणको २ दिनअघि एक निजी ट्वीटर खाताबाट सो भिडियो शेयर गरिएको थियो । सो खाता जैश–ए–मुहम्मदको थियो । यसलाई प्रहरीले सुरक्षा एजेन्सीसँग पनि शेयर गरेका थिए । एजेन्सीलाई आक्रमण हुनसक्ने संकेत मिलेको थियो । त्यसका साथै तयारी पजि शुरु गरिएको गियो । तथापि आक्रमण भयो र ४२ जना सैनिक मारिए ।

अधिकारीहरुले दिएको जानकारीअनुसार ३१३गेट ह्याण्डलबाट सो भिडियो सार्वजनिक भएकोे थियो । ३३ सेकेण्डको सोे भिडियोमा सोमालियाका सैनिक जवानमाथि आतंकवादीले गरेको आक्रमण गरिरहेको देखिन्छ ।
यो भिडियोमा देखाइएअनुसार नै काश्मिरमा आक्रमण गरिएको थियो । उक्त भिडियोको अन्तिममा काश्मिरमा पनि यस्तै हुन्छ भनी धम्की दिइएको थियो ।

सो भिडियो सार्वजनिक भएसँगै सेनाले बिहीवार कडा सुरक्षा व्यवस्था पनि गरेको थियो । यसै क्रममा सेनाले एक गल्ती गर्न पुग्यो, जसमा जम्मू–श्रीनगर नशनल हाइवेको सेनाको द्वार भने सर्वसाधारणको लागि खुला राखिएको थियो । यो कमजोरीको फाइदा उठाउँदै आक्रमणकारीले विष्फोटक पदार्थसहितको गाडी सीआरपीएफका जवान बोकेको ट्रकसँग ठोक्काइदिए । यो आक्रमणमा सीआरपीएफका ४० सैनिकको ज्यान गयो ।

समाचारमा बताइएअनुसार यो आक्रमणको तयारी एक वर्ष पहिलेबाट नै शुरु गरिएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ