arrow

आत्मघाती आक्रमणको सयुक्त राष्ट्र संघ सुरक्षा परिषदद्वारा निन्दा

logo
सिन्ह्वा,
प्रकाशित २०७५ फागुन ३ शुक्रबार
UNSC.jpg

संयुक्त राष्ट्रसंघ। इरानको दक्षिणपश्चिमी प्रान्त सिस्तान र बलुचेस्तानमा गत बुधबार भएको घृषित र कायरतापूर्ण आत्मघाती आक्रमणको संयुक्त राष्ट्रसंघको सुरक्षा परिषदले कडा शब्दमा निन्दा गरेको छ। यस आक्रमणमा परी कम्तीमा २७ व्यक्तिको मृत्यु हुनको साथै अन्य १३ जना घाइते भएका छन्।

परिषदका सदस्य राष्ट्रहरुले यस आक्रमणमा ज्यान गुमाएका परिवारका सदस्यहरु र इरान सरकारप्रति सहानुभूति र समवेदना व्यक्त गरेका छन्। यस आक्रमणमा घाइते भएका व्यक्तिहरुको सिघ्र स्वास्थ्य लाभको पनि परिषदका सदस्यहरुले कामना गरेका छ।

सवै रुपका आतङ्कवादले अन्तर्राष्ट्रिय शान्ति र सुरक्षाको लागि चेतावनी दिने परिषदका सदस्य राष्ट्रहरुले पुष्टि गरेका छन्। इरान इस्लामिक रेभोलुसनरी गार्ड कोर (आइआरजिसी) लक्षित बुधबार यस आत्मघाती आक्रमण भएको थियो।

इरानी विदेश मन्त्री बदलाको भावनाले विद्रोहीसमूहले यो आक्रमण गरेको बिहीबार बताउनु भएको छ। पाकिस्तानआवद्ध जैस अलआदी सुनी विद्रोही समूहले यस आक्रमणको जिम्मेवारी लिएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ