arrow

कांग्रेस महाधिवेशन : आरक्षण र खुलाको छुट्टा–छुट्टै ५ स्थानमा मत गणना

logo
प्रकाशित २०७२ फागुन २८ शुक्रबार
Aarakshan.jpg.jpeg
काठमाडौं । नेपाली कांग्रेसको नयाँ कार्यसमितिका लागि भएको निर्वाचन अन्तर्गत खुला र समावेशीतर्फको केन्द्रीय सदस्यको मत गणना जारी छ । पार्टी केन्द्रीय कार्यालय समानेपामा जारी मत गणनामा विहिबार साँझ सम्म खुला तर्फ ४ सय मत गणना भएको छ । यस्तै, शुक्रबार (आज)बाट दलित, मधेसी, जनजाती, महिलातर्फको भिन्दा भिन्दै ५ स्थानमा मतगणना सुरु भएको छ ।
 
कांग्रेस निर्वाचन समिति सचिव प्रदीप पराजुलीका अनुसार भोटिङ मेसिन प्रयोगमा नआएपनि प्रोजेक्टरमा देखाउँदा गणना गर्न कठिनाई र ढिलाई भइरहेको छ । खुला तर्फ २५ सिटका लागि ९० जनाको मत गणना गर्नु  पर्ने र प्रत्येक उम्मेद्वारका प्रतिनिधीलाई देखाएर मत रुजु गर्नु पर्ने भएकाले ढिलाई भएको पराजुलीको भनाई छ ।    
 
महिला, मधेशी, आदिवासी जनजाति र दलिततर्फका २१ वटा आरक्षित सीटका केन्द्रीय सदस्यको मतगणना केहीबेर अघि सुरु भएको छ । आरक्षणतर्फ सकेसम्म बेलुकासम्म नतिजा सार्वजनिक गरिने बताइएको छ । महिलाको ६ सीटमा ३८, आदिवासी जनजातिको ३ सीटमा ४०, आदिवासी जनजाति महिलाकोतर्फ २ सीटमा १२, दलिततर्फ ३ सीटमा २०, दलित महिलाको २ सीटमा ५, मधेशीतर्फ ३ सीटमा १५ र मधेशी महिलाको २ सीटमा ९ जना उम्मेद्वार चुनावी प्रतिस्पर्धामा छन् ।
 
केन्द्रीय निर्वाचन समितिले २१ आरक्षित सीटको मतगणना सकेपछि मात्र प्रदेशतर्फका केन्द्रीय सदस्यको मतगणना गरिने बताइएको छ ।  सात प्रदेशको १४ जनाका लागि ६७ जना प्रतिस्पर्धामा छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ