arrow

स्पर्श लघुवित्तलाई शेयर बिक्रीको अनुमति

logo
रासस,
प्रकाशित २०७५ फागुन ३ शुक्रबार
microfinance.jpg

काठमाडौं। नेपाल धितोपत्र बोर्डले स्पर्श लघुवित्त वित्तीय संस्थालाई रु दुई करोड ६९ लाख ६३ हजार बराबरको साधारण शेयर बिक्रीका लागि अनुमति दिएको छ।

बोर्डले आज सो संस्थालाई दुई लाख ६९ हजार ६३० कित्ता शेयर बिक्रीका लागि अनुमति दिएको हो। सो संस्थाको शेयर बिक्री प्रबन्धकमा सानिमा क्यापिटल लिमिटेडलाई तोकेको छ। संस्थाले रु १०० दरका साधारण शेयर बिक्री गर्नेछ।

बोर्डले चालू आवको हालसम्म कूल १५ संस्थालाई साधारण शेयर बिक्रीको अनुमति दिएको छ। केही दिनपहिले मात्रै बोर्डले माउण्टेन हाइड्रो नेपालाई साधारण शेयर बिक्रीको अनुमति दिएको थियो। सो कम्पनीले १८ लाख १६ हजार ११० कित्ता साधारण शेयर सर्वसाधारणलाई बिक्री गर्नेछ। 
स्थानीयवासीलाई बिक्री गर्दा बाँकी रहेको पाँच लाख ६६ हजार ११० कित्ता शेयरसमेत सर्वसाधारणलाई बिक्री गर्ने गरी अनुमति दिइएको हो।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ