arrow

साउदी युवराज भारत हुदै चीन जाने

logo
सिन्ह्वा,
प्रकाशित २०७५ फागुन ३ शुक्रबार
saudi-prince.jpg

बेइजिङ। साउदी अरबका युवराज मोहम्मद बिन सलमान अल साउदले एसियाली देशहरुको भ्रमण गर्ने क्रममा चीनको पनि भ्रमण गर्नेछन्। उनले यही फेब्रुअरी २१ देखि २२ तारिख सम्म चीनको भ्रमण गर्ने तय भएको अधिकारीहरुले शुक्रबार जानकारी दिएका छन्। साउदी अरबका उपप्रधानमन्त्री तथा रक्षा मन्त्रीसमेत रहेका सलमान चीनका उपप्रधानमन्त्री हान झेङको निमन्त्रणामा चीन जान लागेका हुन्।

चीनको विदेश मन्त्रालयका प्रवक्ता गेङ सुआङले भ्रमणका क्रममा युवराज सलमानले चिनियाँ उच्च अधिकारीहरुसँग शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम तय भएको जानकारी दिए।

उनले यसअघि पाकिस्तानको दुई दिने भ्रमण यही फेब्रुअरी १६ र १७ तारिखमा गर्ने कार्यक्रम तय भएको छ। त्यसपछि यही फेब्रुअरी १८ देखि १९ सम्म युवराज सलमानले इन्डोनेसियाको भ्रमण गर्ने जनाइएको छ। इन्डोनेसिया जानु भन्दा अगाडी उनले मलेसियाको पनि भ्रमण गर्नेछन् भने त्यसपछि उनी भारत जानेछन्।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा हुन लागेको उनको दुई दिने भारत भ्रमण यही फेब्रुअरी १९ देखि सुरु हुने अधिकारीले जनाएका छन्। भारतपछि उनी चीन जाने भएका हुन्।

साउदी युवराजको आसन्न भ्रमणको तयारीका लागि संवन्धीत देशहरुले सुरक्षा व्यवस्थाको तयारीलाई तीव्र पारेका छन् भने साउदी अरबबाट पनि सुरक्षा टोली खटिएका छन्। त्यसैगरी स्वास्थ्यकर्मी र सञ्चारकर्मीको टोली पनि सम्वन्धीत देशहरुमा गइसकेको विभिन्न सञ्चारमाध्यमले जनाएका छन्।

उनको सवै भ्रमण आपसी सम्वन्ध, दुई पक्षिय हित र सहयोग आदान प्रदानका विषयमा केन्द्रीय हुने समाचारमा जनाइएको छ। युवराज सलमान नेतृत्वको उच्चस्तरीय भ्रमण टोलीमा मन्त्री, उच्च सरकारी अधिकारी, उच्चस्तरीय व्यवसायीलगायत सहभागी हुने भएका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ