arrow

अमेरिकामा आपतकाल शुरु

logo
एजेन्सी
प्रकाशित २०७५ फागुन ४ शनिबार
Donald_Trump_Oath.jpeg

काठमाडौं। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शुक्रवार आपतकालीन अवस्थाको घोषणा गरेका छन्। मेक्सिकोको सीमामा पर्खालका लागि कोष जम्मा गर्न ट्रम्पले यस्तो घोषणा गरेका हुन्। विपक्षी डेमोक्रेट्सले ट्रम्पको यो कदम अमेरिकी संविधानको उलंघन भएको बताएका छन्। सन् २०१६ को निर्वाचन प्रचारको क्रममा ट्रम्पले मेक्सिकोको सीमामा पर्खाल लगाउने घोषणा गरेका थिए। अमेरिकामा अवैध आप्रवासी रोक्नका लागि यो कदम जरुरी रहेको उनले बताएका थिए। 

ट्रम्पको घोषणाविरुद्ध टेक्ससको अदालतमा मुद्दा दायर भएको छ। यसले अमेरिकाको मौलिक सम्पत्तिको अधिकारको हनन भएको दाबी छ।क्यालिफोर्निया र न्युयोर्कमा पनि यो कदमविरुद्ध मुद्दा दायरको तयारी भएको छ। ट्रम्पको यो घोषणाबारे अमेरिकाको तल्लो सदन हाउस अफ रिप्रिजेन्टिभले अनुसन्धान शुरु गर्ने भएको छ। ट्रम्पलाई लेखिएको पत्रमा डेमोक्रेट्सको समितिले सुनुवाईका लागि ह्वाइट हाउस र न्याय मन्त्रालयका अधिकारीलाई उपस्थित गराउन आग्रह गरेको छ। 

यो कदमको लागि वैध कागजातसहित आगामी शुक्रवारसम्म उपस्थित हुन पत्रमा निर्देशन दिइएको छ। या कदमले अमेरिको शक्ति सन्तुलनको सिद्धान्त र राष्ट्रपतिको संवैधानिक दायित्वको पनि पालना नभएको पत्रमा उल्लेख छ। शुक्रवार उनले सरकारी खर्च रोक्ने बिलमा पनि हस्ताक्षर गरेका छन्। शनिवार अमेरिकामा पुनः आंशिक बन्द शुरु हुनेछ। 

यसअघि ट्रम्पले मक्सिकोमा सीमाको लागि ५ अर्ब ७० करोड डलरको कोष माग गरेका थिए। विपक्षीले भने सो कोषका लागि अस्वीकार गर्दै आएको थियो। यसै विषयमा कुरा नमिल्दा अमेरिकाले ३५ दिन लामो आंशिक बन्दको सामना गर्नुपरेको थियो। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ