arrow

बिपी उद्यानको जग्गा कब्जा गर्न खोजेको भन्दै बैठक अवरुद्ध

logo
राखी साह, 
प्रकाशित २०७५ फागुन ४ शनिबार
pradesh-2-cabinet.jpg

जनकपुरधाम। प्रदेश नम्बर दुई मा प्रदेशसभा बैठक प्रतिपक्षी दल नेपाली  कांग्रेसले बिपी उद्यानको नाममा रहेको जग्गा प्रदेश सरकारले कब्जा गर्न खोजेको भन्दै बैठक अवरुद्ध गरेको छ। शनिबार बैठक सुरु हुनेबित्तिकै नेपाली कांग्रेसका प्रमुख सचेतक उपेन्द्र कुशवाहाले २०४९ सालमै बिश्वेवर प्रसाद कोइरालाको नाममा उद्यान सञ्चालन गर्न वीरगन्जमा दिइएको जग्गा प्रदेश सरकारले सहिद स्मृति पार्क निर्माण गर्ने नाममा कब्जा गर्न खोजेको आरोप लगाएका छन्।

कांग्रेसका प्रमुख सचेतक कुशवाहाका अनुसार यसको छिनोफानो नभएसम्म बैठक स्थगित गर्न माग गरेको हो। त्यसपछि कांग्रेसका प्रदेशसभा सदस्यले उठेर विरोध गरेपछि सभामुख सरोजकुमार यादवले फागुन १५ गतेसम्मका लागि बैठक स्थगित गरेका हुन्।

बिपी उद्यानका लागि छुट्याएको दस बिघा जग्गामा माघ १६ गते प्रदेश नम्बर का मुख्यमन्त्री मोहम्मद लालबाबु राउतले सहिद स्मृति पार्क शिलान्यास गरेका थिए। प्रदेश सरकारले सो जग्गा वीरगन्ज महानगरपालिकाको नाममा रहेको र त्यहाँ सहिद स्मृति पार्क निर्माण गर्न इजाजत दिएको दाबी गर्दै आएका हुन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ