arrow

स्टकका पाँच कम्पनीका शेयर सूचीकृत

logo
रमेश लम्साल
प्रकाशित २०७५ फागुन ४ शनिबार
stock-exchange.jpeg

काठमाडौं। धितोपत्र बजारमा यस साता विभिन्न पाँच कम्पनीका शेयर सूचीकृत भएका छन्। नेपाल स्टक एक्सचेञ्जका अनुसार एनसिसि बैंकको ७९ लाख ११ हजार २८१ कित्ता हकप्रद शेयर सूचीकृत भएका छन्।

यस्तै जानकी फाइनान्स लिमिटेडको आठ लाख ८७ हजार ४६६ कित्ता शेयर लाभांश, निर्धन उत्थान लघुवित्त वित्तीय संस्थाको २० लाख कित्ता शेयर लाभांश सूचीकृत भएको छ।

स्टकका अनुसार बेस्टर्न डेभलपमेन्ट बैंकको सात लाख ४७ हजार ५६१ कित्ता शेयर लाभांश र मुक्तिनाथ विकास बैंकको ४७ लाख २९ हजार ९६८ कित्ता शेयर लाभांश सूचीकृत भएको छ। साताभर शेयर कारोवार मापन गर्ने नेप्से परिसूचक १४.६५ विन्दुले घटेको छ।

यस्तै यस साता एभरेष्ट बैंकको संस्थापक शेयर सबैभन्दा बढी कारोवार भएको छ। सो बैंकको रु एक अर्ब ९१ करोड ७६ लाख बराबरको कारोवार भयो। यस्तै दोस्रोमा माथिल्लो तामाकोशी जलविद्युत् कम्पनीको रु ६२ लाख बराबरको कारोवार भएको छ।

यस्तै प्रभु बैंक, सिटिजन इन्भेस्टमेन्ट ट्रस्ट, नेपाल क्रेडिट एण्ड कमर्सियल बैंक, नेपाल लाइफ इन्स्योरेन्स कम्पनी, एनएमबी बैंक, प्रभु बैंक लिमिटेको संस्थापक शेयर, नेपाल बैंक लिमिटेड र माछापुच्छ्रे बैंकको शेयर बढी कारोबार भयो।

बजार पूँजीकरणमा भने नेपाल टेलिकम नै अग्रस्थानमा रहेको छ। सो संस्थाको रु एक खर्ब चार अर्ब २५ करोड बराबरको बजार पूँजीकरण रहेको छ। यस्तै नबिल बैंक, नेपाल इन्भेस्टमेन्ट बैंक, नेपाल लाइफ इन्स्योरेन्स, स्ट्याण्डर्ड चार्टड बैंक, एभरेष्ट बैंक, हिमालयन बैंक, एनआइसि एशिया बैंक, नेपाल एसबीआई बैंक र एनएमबी बैंक रहेका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ