arrow

पुलवा आक्रमण :  मृत सुरक्षाकर्मीको सम्झनामा शोक प्रदर्शन

logo
एएफपी,
प्रकाशित २०७५ फागुन ४ शनिबार
punawama_accident.JPG

नयाँ दिल्ली, भारत। भारत प्रशाशित काश्मिरको पुलवामा स्थानीय चरमपन्थी समूहले बिहीबार गरेको आक्रमणमा ज्यान गुमाएका केन्द्रीय रिजर्व प्रहरी बल (सिआरपिएफ) का ४१ जवानको सम्झना र सम्मानमा हजारौँ भारतीयले शनिबार शोक पदर्शन गरेका छन्।

काश्मिरका केही स्थानमा आज पनि निशेधाज्ञा जारी रहेको छ। विवादित हिमाली क्षेत्रमा गाडीमा गइरहेका दुई हजार ५०० सुरक्षाकर्मीको दस्तामाथि जीप ठोक्काएर गरिएको आत्मघाति आक्रमणबाट मारिएका व्यक्तिहरूलाई उनीहरूको घर पठाइरहँदा भारतका विभिन्न स्थानमा शोक सभाहरू तथा प्रदर्शन भएका हुन्।

काश्मिरमा मारिएका सुरक्षाकर्मीहरूको मृत शरीर शुक्रबार नयाँ दिल्ली ल्याइएको थियो जसलाई प्रधानमन्त्री नरेन्द्र मोदीले एक शोक कार्यक्रमकाबीच अन्तिम सम्मान प्रकट गरेका थिए। सुरक्षाकर्मीका मृत शरीरलाई उनीहरूको गाउँ वा शहरमा ल्याइएपछि स्वतस्फर्त रूपमा जम्मा भएका भारतीयहरूले पाकिस्तान विरोधी नारा लगाउँदै प्रदर्शन गरेका भारतीय सञ्चारमाध्यमहरूले देखाएका छन्।

घटनामा पाकिस्तानको हात रहेको भारतको आरोप छ भने पाकिस्तानले आरोपको खण्डन गरेको छ। जम्मू–कश्मीरको पुलवामा जिल्लाको लेथपोरा नजिक श्रीनगर–जम्मू राजमार्गमा सिआरपिएफका जवान सवार गाडीमा आक्रमण भएको हो। ३०० किलोमिटरको राजमार्ग रणनीतिक रुपले महत्वपूर्ण छ र जहिले सुरक्षा व्यवस्था कडा रहन्छ।

जम्मूबाट श्रीनगर जाँदै गरेका सुरक्षाकर्मीका ७० मध्ये एउटा गाडी आक्रमणमा परेको हो। प्रतिबन्धित चरमपन्थी समूह जैश-ए-मोहम्मदले आक्रमणको जिम्मा लिएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ