arrow

पुलवामा पछि दशगजामा फेरि आक्रमण, मेजरको हत्या

logo
प्रकाशित २०७५ फागुन ४ शनिबार
puluwa.JPG

नयाँ दिल्ली । पुलवामामा भएको आतंककारी हमलाका मृतकहरुको अन्तिम विदाई हुँदा नहुँदै अर्का एक सैनिकको हत्या भएको समाचारमा आएको छ । राजौरीमा एलओसी(लाईन अफ क्रेडिट) नजिक एक आईईडी ब्लास्टमा सेनाका एक अफिसरको ज्यान गएको हो । राजौरीमा एलओसी नजिक यस्तो विष्फोट त्यतिबेला भयो जतिबेला अफिसरले बम डिस्पोज गर्ने प्रयास गरिरहेका थिए । 

बोर्डरमा आईईडी बम राखेर आतंककारीहरु फरार भएका थिए । सो बम देखेपछि भारतीय सैनिकको टोली बम डिस्पोज गर्नको लागि मेजरको नेतृत्वमा बम डिस्पोज गर्नको लागि अघि बढेका थिए । ती आईईडी बम डिफ्यूज गर्ने प्रयासमा थिए । सोही बेला बम विस्फोट भएर उनको ज्यान गएको हो । राजौरी जिल्लाको नौशेरा सेक्टरमा एलओसीबाट करिब १.५ किलोमिटर भित्र यो विष्फोट भएको हो । 

पुलवामामा सीआरपीएफ दस्तामा भएको आतंककारी हमलामा करिब ४० जवानहरुको ज्यान गएको छ । सो घटनाले  पूरै भारत शोकमा छ । बिहीबार साँझ भएको सो हमलापछि केन्द्र सरकारले पाकिस्तान सरकारलाई दिएको मस्ट फेवर्ड नेशनको दर्जा समेत फिर्ता लिएको छ । कूटनीतिक स्तरमा पाकिस्तानलाई अलग अलग गर्ने प्रयासमा भारत लागेको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ