पुलवामा हमलाको आक्रोश : पाकिस्तानले निर्यात गर्ने सामानमा २०० प्रतिशत भन्सार थपियो
प्रकाशित २०७५ फागुन ४ शनिबार
713
Shares
नयाँ दिल्ली। पुलवामामा भएको आतंकारी हमलापछि पाकिस्तानसँग आक्रोशित बनेको भारतले पाकिस्तानविरुद्ध हदैसम्मको दुस्मनको व्यवहार गरिरहेको छ । यस अघि शुक्रबार पाकिस्तानलाई दिएको मोस्ट फेवर्ड नेशनको अवार्ड फिर्ता लिएको भारतले त्यसपछि पाकिस्ताबाट आउने सबै सामानहरुमा आधारभूत भन्सार शुल्कमा २०० प्रतिशतले बृद्धि गरिदिएको छ ।
वित्तमन्त्री अरुण जेटलीले शनिबार ट्वीट गर्दै भनेका छन् ुपुलवामा हमलापछि भारतले पाकिस्तानको एमएफएनको दर्जा फिर्र्ता लिएको छ । साथमा पाकिस्तानबाट भारत निर्यात हुने सबै चीजमा आधारभूत भन्सार शुल्क तत्कालको लागि २ सय प्रतिशत बढाईएको छ ।
यस भन्दा पहिले नीति आयोगका उपाध्यक्ष राजीव कुमारले भनेका थिए, ‘पाकिस्तानलाई दिईएको सो दर्जा फिर्ता लिने निर्णयले उसको अर्थव्यवस्थामा असर पर्नेछ । पाकिस्तान पहिलेदेखि नै गहिरो संकटमा छ ।' कुमारले अघि भनेका छन् कि भारतको भारतबाट पनि सामान पाकिस्तान निर्यात गर्नको लागि बन्द गरिनेछ ।' नीति आयोगका उपाध्यक्षले भनेका छन् कि, ‘कश्मीरमा अत्यन्त उक्साहटपूर्ण कारबाहीपछि भारतले पाकिस्तानको एमएफएन दर्जा फिर्ता लिन बाध्य भएको हो ।'
१४ फेब्रुअरीको दिन पुलवामामा सीआरपीएफ जवानहरुमाथि आतंकवादी हमला भएको थियो । यस हमलामा सेनाका ४० जवानको ज्यान गएको थियो । हमलाको जिम्मा जैश-ए-मोहम्मदले लिएको छ ।