arrow

किन छोपियो इमरान खानको तस्वीर ?

logo
प्रकाशित २०७५ फागुन ५ आइतबार
imran-khan-PM.jpg

काठमाडौं । भारतको क्रिकेट क्लब अफ इन्डिया (सीसीआई)ले शनिबार एक रेन्टुरेन्टमा राखिएको पाकिस्तानी प्रधानमन्त्री इमरान खानको तस्वीर छोपेको छ । क्लबले यो निर्णय जम्मू–काश्मिरको पुलवामा केन्द्रीय रिजर्व पुलिस बल (सीआरपीएफ)माथि भएको आतंकवादी आक्रमणपछि लिएको हो ।

यो आक्रमणमा ४० जना सैनिकको ज्यान गएको थियो । भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई)को अनुमतिप्राप्त इकाई सीसीआईको मुख्यालय मुम्बईको ब्रेबार्न स्टेडियममा छ ।

सीसीआईको परिसरमा विश्वका धेरै पूर्व खेलाडीको तस्वीर राखिएको छ । यसमा सन् १९९२ को विश्वकप विजेता टोलीका कप्तान इमरान खानको तस्वीर पनि सामेल थियो । सीसीआईका अध्यक्ष प्रमेल उदाणीले यसबारे शुक्रबार फैसला गरिएको जानकारी दिएका छन् । उनले काश्मिरमा भएको आक्रमणको विरोधस्वरुप यस्तो कदम अघि बढाइएको बताए ।

उनका अनुसार अहिले इमरान खानको तस्वीर छोपिएको र यसमाथिको पर्दा कहिले हटाइने भन्ने विषयमा भने कुनै जानकारी दिइएको छैन । इमरानले सोही मैदानमा सन् १९८७ मा दुई प्रदर्शनी खेल खेलेका थिए । सो मैदानमा एकमात्र अन्तर्राष्ट्रिय खेल उनले अष्ट्रेलियाविरुद्ध खेलेका थिए । सन् १९८९ मा नेहरु कपको उक्त खेलमा उनको कप्तानीमा पाकिस्तानी टोलीलाई जित हासिल भएको थियो । जसमा उनी खेलको म्यान अफ द म्याच पनि बनेका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ