arrow

विदेशबाट मावलीगाउँमा खानेपानीमा सहयोग

logo
श्रीकृष्ण सिग्देल,
प्रकाशित २०७२ फागुन २८ शुक्रबार
humranabhat.jpg.jpeg
स्याङ्जा । मान्छे जन्मेपछि मर्ने लिला हामीले व्यहोर्दै आएका छौं । कसैले समाजका लागि केही गरेर संसारबाट विदा लिन्छ भने कसैले समाजलाई देन नदिएर मर्छ । जसले समाज परिर्वनका लागि केही गर्छ भने त्यस्ता व्यक्तिहरु कोही ओझेलमा परेका हुन्छन् भने कोही व्यक्तिहरु बाहिर आएका हुन्छन् । समाजका लागि हरेक क्षणमा विकासमा आफ्नो लगानी मिसाउदै आएका तर ओझेलमा परेका एक पात्रको रुपमा चिनिदै आएका छन् स्याङ्जा भाटखोला निवासी हुमबहादुर रानाभाट । हाल दुवई बसेर व्यपार व्यवसाय संचालन गर्दै आएका रानाभाटले स्याङ्जाका विभिन्न ठाँउको विकासका लागि हातेमालो गर्दै आइरहेका छन् । आफ्नो जन्मथलोको मात्रै विकास गरेर हुदै न भन्ने लागेर आफ्नी आमाको जन्मथलो पाल्पाको हुगी गाविस—३ सगाहा मावली गाँउमा समेत विकासको हात बढाएर अर्को इटा थप्ने काम गरेछन् । 
 
स्याङ्जाका शैक्षिक विद्यालय देखि बाढीपिडित र भुकम्प पिडितलाई समेत आर्थिक सहयोग गरेर आफु जन्मेको चरितार्थ देखाएका रानाभाटले आफ्ना स्वर्गिय बुवाआमाको सम्झनामा हुगी गाविसको सगाहा गाँउमा खानेपानी, शिक्षा र धार्मिक क्षेत्रमा सहयोग गरेका छन् । रानाभाटले गरेको सहयोगको उच्च मुल्याङ्कन गर्दै सगाहा वासिन्दाले शिवरात्रीको अवसर पारेर सम्मान समेत व्यक्त गरेका छन् । 
 
दुवई भएका कारण सम्मान समेत लिन आउन नपाएका रानाभाटले आफ्नी दिदि र भन्जालाई पठाएर सम्मान लिएका छन् । रानाभाटकी दिदि लक्ष्मी र भान्जा सुवास रानाभाटले गाँउबाट सम्मान पाएपछि समाजमा केही गरेपछि अवश्य सम्मान पाइदो रहेछ भन्ने विषय प्रवाह समेत गरे । आफ्ना मावलीहरुलाई स्वच्छ खानेपानीको व्यवस्था नभएको भनेर भाइले गरेको आर्थिक सहयोगले यो गाँउमा स्वच्छ खानेपानी पाएको रानाभाटकी दिदि लक्ष्मीले बताईन् । सरकारी बजेटमा समेत नपरेको त्यो गाँउका लागि खानेपानीको जोहो मिलाईदिने रानाभाट फेरी त्यो गाँउमा अर्को विकासका लागि काम गर्ने बताएका छन् । रानाभाटले जनज्योति प्रा.वि., श्रीकृष्ण गण्डकी युवाक्लव, शिवपार्वती मन्दिर लाई समेत आर्थिक सहयोग गरेको स्थानीय युवा विजय रानाभाटले बताए । 
 
हुमरानाभाट हाम्रो पनि मामा भएको बताउदै विजय रानाभाटले भने गाउँमा भएको सहयोगले सबैलाई सहयोग गर्नुपर्दो रहेछ भन्ने भावना जागतृत भएको छ । करिव १ लाख ४० हजार आर्थिक सहयोग गरेका रानाभाटले फेरी आफ्नो मावली गाउँका लागि सहयोग निरनतर गर्ने बताएका छन् । आफ्नो जिल्ला वाहेक अन्य जिल्लामा यसरी सहयोग गर्ने व्यक्तिहरु विरलै पाइन्छ । दुवइमा समेत कुशल व्यवसायीकारुपमा चिनिएका रानाभाटले आफ्नो व्यवसायमा समेत केही नेपालीहरुलाई रोजगारी समेत दिलाएका छन् । दुवईमा पनि नेपाली व्यवसायलाई फस्टाउदोरुपमा अगाडी बढाएको दुवईका पत्रकार भुपराज बस्यालले बताए । समाज सेवामा जुटेका स्याङ्जाका रानाभाटले देखाएको मावली गाउँको खानेपानीको सहयोगले सगाहाकावासीन्दाले सधै संझिरहने छन् । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ