arrow

रु १० मा साडी, भिड नियन्त्रण गर्न हम्मेहम्मे

logo
एएनआई,
प्रकाशित २०७५ फागुन ५ आइतबार
sari-hydarabad.jpg

हैदराबाद। भारतको हैदराबादस्थित सिद्दीपेटको एक सपिङ मलले भारु १० मा साडी बिक्री गर्न थालेपछि मलमा महिलाहरुको भीड बढेर भागदौडको अवस्था सिर्जना भएको छ। सीएमआर सपिङ मलमा महिला र किशोरीहरुको ठूलो समूह साडी खरिद गर्न भेला भएको थियो। प्रहरीले सस्तो मूल्यमा साडी बिक्री भइरहेको थाहा पाउनासाथ भीड बढेको र अन्ततः भागदौडको अवस्था सिर्जना भएको जनाएको छ।

भागदौड मच्चिदा धेरै महिला घाइते भएका थिए। एक महिलाले आफूले पाँच तोला सुनको गहना, ६०० भारतीय रुपैयाँ र एउटा डेबिट कार्ड हराएको भन्दै प्रहरी समक्ष उजूरी गरेकी छिन्। प्रहरीले उक्त घटनाको छानबिन शुरु गरिसकेको जनाएको छ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ