arrow

जम्मू - काश्मिर घटनापछि अत्यधिक खोजियो मोदीको भाषण

logo
प्रकाशित २०७५ फागुन ५ आइतबार
modi-indian-pm-1.jpeg

काठमाडौं । काश्मिरको पुलवामा भएको आतंकवादी आक्रमणपछि गुगलमा नरेन्द्र मोदीको भाषण सबैभन्दा सबैभन्दा खोजी गरिएको छ । सागै कांग्रेस अध्यक्ष राहुल गान्धकिो उमेरको बारेमा पनि अत्यधिक खोजी गरिएको छ ।

गुगलको जानकारीअनुसार मोदीले पुलवामा आक्रमणबारे दिएको भाषणपछि उनको भाषण सबैभन्दा धेरै खोजिएको थियो । गुगल ट्रेन्ड्समा ११ फेब्रुअरीदेखि १६ फेब्रुअरीको आँकडा हेर्ने हो भने मोदी सधैंजस्तै राहलु गान्धीभन्दा धेरै खोजीको सूचीमा छन् । मोदीको सबैभन्दा धरै खोजिएको भाषणमा उनले भनेका थिए, ‘पाकिस्तानी आतंकवादी र उनीहरु समर्थकले निकै ठूलो गल्ती गरेका छन् । उनीहरुले यसको ठूलो मूल्य चुकाउनुपर्नेछ । म यो भरोशा दिलाउन चाहन्छु कि यो आक्रमणपछि जसको हात छ, उनीहरुलाई कर्मको सजाय मिल्नेछ ।’

मोदीको यो भाषणपछि उनको सर्चिङ बढेको थियो । यद्यपि रातको साढे ८ बजेपछि भने यसमा कमी आएको थियो । राहुल गान्धीले पनि सो आक्रमणबारे दिएको भाषणको खोजी भएको थियो । राहुलले यसलाई मुलुकको मुटुमा आक्रमण भएको बताएका थिए । उनले आतंकवादको उद्देश्य मुलुकलाई टुक्र्याउने र विभाजित गर्ने रहेको बताएका थिए । साथै मानिसहरुले राहुलको उमेर र उनको जीवनबारे पनि खोजी गरेका थिए । उनको जीवनमा आधारित फिल्म माइ नेम इज रागा आउँदैछ ।

शुक्रवारको भाषणमा मोदीले पाकिस्ताबाट ‘मस्ट फवर्ड नेशन’को दर्जा फिर्ता लिने बताएका थिए । यसको अर्थ सबैभन्दा मन पराइएको मुलुक भन्ने हुन्छ । विश्व व्यापार संगठन र अन्तर्राष्ट्रिय व्यापारिक नियमको आधारमा यस्तो दर्जा दिइने गरिन्छ । यो दर्जा पाउने मुलुकलाई व्यापारिक कारोबारमा कुनै किसिमको नोक्सानी हुँदैन भन्ने आश्वासन हुन्छ ।

सरकारको यो फैसलासँगै मानिसहरुले गुगलमा मस्ट फेवर्ड नेशनको बारेमा पनि खोजी गरेका थिए । त्यसका साथै यसबाट पाकिस्तानलाई हुने फाइदा तथा नोक्सानीबारे पनि खोजी गरिएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ