arrow

समावेशी दलिततर्फ पुरुषमा मानबहादुर विक र महिलामा लक्ष्मी परियारलाई अग्रता (अपडेट)

logo
प्रकाशित २०७२ फागुन २८ शुक्रबार
Aarakshan.jpg.jpeg
काठमाडौं । कांग्रेस केन्द्रीय सदस्य आरक्षण तर्फका जारी मत गणनामा दलिततर्फ मानबहादुर विश्वकर्माले पुरुष तथा लक्ष्मी परियारले महिलामा तर्फ अग्रता लिएका छन् ।
 
पुरुषतर्फको तीन सिटका लागि भएको मतदानमा सुरुको ३ सय मत गणना हुँदा मानबहादुर विश्वकर्माले १४१, जीवन परियारले १३९, मिनबहादुर विश्वकर्माले १३६,  मानबहादुर नेपालीले ८३, प्रकाश स्नेहीले ७८ र शम्भु हजारा दुषादले ७० मत पाए । 
 
दलित महिलातर्फ २ सिटका लागि भएको निर्वाचनको सुरुवाती मतगणनामा लक्ष्मी परियारले १५४, सुजाता परियारले १४३, विमला नेपालीले ९५, कविता कुमारी सदरारले ८९ र रुपा विश्वकर्माले ५३ मत पाएकी छन् । यस्तै, मधेसी, आदीवासी–जनजातीको समेत मत गणना जारी छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ