arrow

प्रम ओलीलाई मोर्चाको चार पृष्ठ लामो पत्र, चैत मसान्तपछि कडा आन्दोलन गर्ने चेतावनी

logo
प्रकाशित २०७२ फागुन २८ शुक्रबार
morcha-neta.jpg.jpeg
काठमाडौं । गएको श्रावणदेखि आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले सरकारलाई मधसको माग पूरा गर्न चैत्र मसान्तसम्मको अल्टिमेटम दिएको छ । शुक्रबार बिहान प्रधानमन्त्री निवास बालुवाटार पुगेका मोर्चा नेताहरुले चार पृष्ठ लामो ध्यानाकर्षण पत्र बुझाउँदै अल्टिमेटम दिएका हुन् । 
 
मोर्चाले बुझाएको चार पृष्ठको ध्यानाकर्षण पत्रको दुई नम्बर पेजमा चैत्र मसान्तसम्म मधेशी मोर्चाको माग पुरा भए कडा आन्दोलन गर्ने चेतावनी दिइएको छ । ध्यानाकर्षण पत्र मार्फत मोर्चाले सरकारलाई चैत मसान्तसम्मको समय दिएको छ । 
 
यस्तै, मोर्चाले मधेस आन्दोलनका क्रममा मृत्यु भएकालाई शहीद घोषणा, घाइतेको उपचार, निष्पक्ष न्यायिक छानविन आयोग गठन, मुद्दा फिर्ता तथा रिहाई, भूकम्प पीडितको उद्धार राहत तथा सहयोग पुनःनिर्माण र कालोबजारी अन्त्यको लागि सरकारको ध्यानाकर्षण गराएको छ ।  
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ