arrow

भारतीय नागरिकको १० अर्ब जोखिममा, आरविआईले दियो चेतावनी 

logo
प्रकाशित २०७५ फागुन ५ आइतबार
RBI.jpg

नयाँ दिल्ली । एक भाईरसका कारण भारतीयहरुको १० अर्ब रुपैयाँ जोखिममा परेको छ । भारतीय रिजर्व बैंक (आरबिआई)ले बैंकहरुलाई चेतावनी दिँदै त्यो पैसाको जोखिमरहेको भन्दै चेतावनी दिएको हो । केन्द्रीय बैंकका अनुसार यूपीआईका कारण ग्राहकहरुको बैंक खाताबाट पैसा उड्न सक्छ । यो प्रक्रियामार्फत् कुनैपनि खातावालालाई जानकारी नै नदिई उसको खाताको पैसा निकाल्न सकिन्छ । 

यस्तो प्रक्रियामा एउटा एप्लिकेसन डाउनलोड गर्नको लागि आग्रह गरिन्छ । यसपछि ह्याकर्स पीडितलाई मोबाइलमा आएको नौ डिजिटको अंकको माध्यमबाट उसको फोनको रिमोटमा केन्द्रीत गर्दछ । आरबीआईको सचिवालयले जारी गरको विज्ञप्तीमा भनिएको छ । केही भाइरसको कारण आफ्नो मोबाईलमा त्यो एप्लिकेसन डाउनलोड गर्न आग्रह गरिन्छ । त्यसमा अरु एप्लिकेसनको जस्तैगरी केही अनुमती मागिन्छ । जस्तो कि अन्य कुनै एप्लिकेसन डाउनलोड गरेपछि अप्सन सोधिन्छ त्यस्तै अप्सन त्यहाँ पनि सोधिन्छ । 

त्यो अप्सनमा एसेप्ट गरिदिएपछि खातावालालाई जानकारी नै नभई उसको खाताबाट ट्रान्ज्याक्सन हुन थाल्दछ । यो कुनैपनि वालेट, पेमेन्ट सर्भिस र मोबाईल बैंकिङको माध्यमबाट समेत कारोबार हुनसक्दछ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ