arrow

पुलवामा घटनाको विरोधमा पाकिस्तानमा अहिलेसम्मकै ठूलो साईबर हमला

logo
प्रकाशित २०७५ फागुन ५ आइतबार
cyber_attrack.jpg

नयाँ दिल्ली । पुलवामामा भएको आतंककारी हमलाको विरोधमा भारतीय ह्याकरहरुले पाकिस्तानका २०० भन्दा बढी वेभसाईट ह्याक गरेका छन् । बिहीबार पुलवामामा भएको हमलामा ४१ जना सैनिकहरुको ज्यान गएको छ । 

टीम आई-क्रूद्वारा ह्याक गरिएको यी वेभसाइट खोल्दा शहीदहरुलाई श्रद्धाञ्जलि दिनको लागि मैनबत्ति जलाईएको देखिन्छ । साथमा भारतीय वायुसेनाका लडाकू विमान धुवाँको मुस्लोसँगै उडान भरिरहेको देखिन्छ । साथमा सोही पेजमा लेखिएको समेत छ कि,'पुलवामा आतंककारी हमलामा मारिएका शहीदहरुप्रति हाम्रो श्रद्धाञ्जलि।' यो साइबर हमलालाई पाकिस्तानमा भएको सबैभन्दा ठूलो साइबर हमला मानिन्छ ।

यस बाहेक पनि त्यहाँ हामी १४ डिसेम्बर २०१९ कहिलै भुल्दैनौं समेत लेखिएको छ । भारत प्रशासित काश्मिरको पुलवामा स्थानीय चरमपन्थी समूहले बिहीबार गरेको आक्रमणमा ज्यान गुमाएका केन्द्रीय रिजर्व प्रहरी बल (सिआरपिएफ) का ४१ जवानको सम्झना र सम्मानमा हजारौँ भारतीयले शनिबार शोक पदर्शन गरेका छन्।

काश्मिरका केही स्थानमा आज पनि निशेधाज्ञा जारी रहेको छ। विवादित हिमाली क्षेत्रमा गाडीमा गइरहेका दुई हजार ५०० सुरक्षाकर्मीको दस्तामाथि जीप ठोक्काएर गरिएको आत्मघाति आक्रमणबाट मारिएका व्यक्तिहरूलाई उनीहरूको घर पठाइरहँदा भारतका विभिन्न स्थानमा शोक सभाहरू तथा प्रदर्शन भएका हुन्।

काश्मिरमा मारिएका सुरक्षाकर्मीहरूको मृत शरीर शुक्रबार नयाँ दिल्ली ल्याइएको थियो जसलाई प्रधानमन्त्री नरेन्द्र मोदीले एक शोक कार्यक्रमकाबीच अन्तिम सम्मान प्रकट गरेका थिए। सुरक्षाकर्मीका मृत शरीरलाई उनीहरूको गाउँ वा शहरमा ल्याइएपछि स्वतस्फर्त रूपमा जम्मा भएका भारतीयहरूले पाकिस्तान विरोधी नारा लगाउँदै प्रदर्शन गरेका भारतीय सञ्चारमाध्यमहरूले देखाएका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ