arrow

पुलवामामा सुरक्षा बल र आतंककारीबीच मुठभेड सुरु 

logo
प्रकाशित २०७५ फागुन ६ सोमबार
punawama_accident.JPG

नयाँ दिल्ली । दक्षिण कश्मीरको पुलवामा जिल्लाको पिङ्गला क्षेत्रमा आतंकवादी र सुरक्षाबलबीच सोमवार मुठभेड शुरू भएको छ । सोही क्षेत्रमा दुई ३ आत‌ंककारी लुकेको आशंका भारतीय सुरक्षाकर्मीको छ । सुरक्षाबलद्वारा लगातार आतंकवादीमाथि गोलाबारी भईरहेको छ । सुरक्षा निकायले वरपर सबै तर्फ घेरा हालेर आक्रमण सुरु गरेको छ । 

१४ फेब्रुअरी यानी गुरुवार पुलवामा जिल्लामा सीआरपीएफको सुरक्षा दस्तामा आतंककारी हमला भएको थियो । यस हमलामा सीआरपीएफका ४० जवानको ज्यान गएको थियो । पुलवामामा सीआरपीएफको काफिलमा भएको आक्रमणलाई लिएर पूरा देश आक्रोशित छ । पुलवामा हमलापछि केन्द्र सरकार समेत एक्सनमा उत्रिएको छ । 

सो हमलापछि देशभर पैदा भएको आक्रोशलाई मध्यनजर गर्दै सरकारले अलगाववादी नेताहरुलाई दिइएको सुरक्षा समेत फिर्ता लिईएको छ । जसमा अल पार्टीज हुर्रियत कन्फ्रेन्सका अध्यक्ष मिरवाइज उमर फारूक, शब्बीर शाह, हाशिम कुरेशी, बिलाल लोन, फजल हक कुरेशी तथा अब्दुल गनी बट छन् । अधिकारीहरुले आइतबार बताएका छन् कि यी ६ तथा यसपछि अलगाववादीहरुलाई अब कहिलै पनि सुरक्षा कवच नदिने निर्णय समेत गरेको छ । 

आइतबार नै ती व्यक्तिहरुलाई दिइएको सुरक्षा र गाडीहरु फिर्ता बोलाईएको छ । आदेशका अनुसार आइतबार साँझदेखि नै सबै सुरक्षा तथा गाडीहरु हटाइएको छ । यी ६ जनालाई कुनै पनि सुरक्षा र सुविधान नदिने भन्दै यदि उनीहरुले सरकारी कुनैपनि सुविधा पाएको भए सो समेत फिर्ता गर्ने निर्णय पनि सरकारको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ