arrow

पुलवामामा सैनिक इन्काउन्टर : मेजर सहित ४ भारतीय सैनिकको मृत्यु

logo
प्रकाशित २०७५ फागुन ६ सोमबार
punawama_accident.JPG

नयाँ दिल्ली । पुलवामा सोमबार भएको इन्काउन्टरमा आतंककारी मार्न गएका भारतीय सेनाका मेजर सहित ४ जना जवानको ज्यान गएको छ । यस अघि आतंककारी हमलामा ४० सैनिक मरेको भारतको सोमबार थप ४ जना सैनिक मारिएका हुन् । केन्द्र सरकारले समेत यस विषयमा चासो देखाएपछि सैनिकले आतंकबाद विरुद्ध एक्सन सुरु गरेको थियो । 

सोमवार विहान पुलवामा जिल्लामा सुरक्षाबलले आतंककारीको विरुद्ध अपरेसन सुरु गरेको थियो । यस इन्काउन्टरमा ३ जना आतंककारी घेरामा परेका थिए । एनकाउन्टरमा ४ जवानको ज्यान गएको आजतकले समाचार लेखेको छ । मृत्यु हुनेमा मेजर तहका अफिसर समेत सामेल छन् । 

पछिल्लो तीन घण्टादेखि फ्रेश फायरिङ्ग भने भएको छैन । भारतीय सैनिक अहिले सर्च अपरेशनमा छ । अपरेसन राति १२ बजेदेखि चलिरहेको थियो । राती दुबै तर्फबाट गोलाबारी भइरहेको थियो । अहिले सो इलाकालाई घेरेर गाउँलेलाई बाहिर निकालिएको छ ।

सैनिकलाई पुलवामा आतंककारी हमलाका मास्टरमाईण्ड गाजी समेत यही इलाकामा रहेको सूचना आएपछि अहिले सेना सर्च अप्रेसनमा छ । यस इनकाउण्टरमा एक स्थानीय नागरिकको समेत मृत्यु भएको छ । 

मुठभेड पुलवामा जिल्लाको पिंगलिना इलाकामा चलिरहेको छ । इनकाउण्टर सोमवार देखि सुरु भएको छ । इनकाउण्टरमा घाइते भएका सैनिकलाई त्यहाँबाट निकालेर श्रीनगर आर्मी हस्पिटलमा भर्ती गराईएको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ