arrow

सोमबार भारतभर व्यापार बन्द, चीन र पाकिस्तानको सामान जलाइने 

logo
प्रकाशित २०७५ फागुन ६ सोमबार
india-flag.jpeg

नयाँ दिल्ली । सोमबार भारतका सबै व्यापारीहरुले व्यापारिक कारोबार पूर्ण रुपमा बन्द गर्ने निर्णय गरेका छन् । पुलवामा भएको आतंककारी हमलामा शहीद भएका जवानहरुलाई श्रद्धाञ्जलि दिनको लागि सोमबार एक दिन सबै व्यापारिक कारोबार बन्द गर्न लागिएको हो । बन्दको आह्वान व्यापारीहरुको प्रमुख संगठन कन्फेडरेशन अफ अल इन्डिया ट्रेडर्स (केट) गरेको हो । 

केटले मिडियासँगको बयानको क्रममा भनेको छ कि सोमबार सबै थोक तथा खुद्रा बजार बन्द हुनेछ । केटका महासचिव प्रवीण खंडेलवालले दिल्लीको घण्टाघर, चाँदनी चोकमा अपराह्न व्यापारीहरुले एक श्रद्धाञ्जलि सभा समेत गर्ने तयारी गरिरहेको छ । साथमा उनीहरुले पाकिस्तान तथा चिनियाँ सामानको पुत्लासमेत जलाउन लागिएको छ । 

उनले व्यापारीहरुबाट ती शहीद परिवारको मद्दतको लागि धनराशी समेत उठाउने तयारीमा छन् । उनका अनुसार यो बन्दमा महाराष्ट्र, मध्य प्रदेश, पश्चिम बंगाल, उत्तर प्रदेश, राजस्थान, तमिलनाडु, पञ्जाब, हरियाणा, जम्मू-कश्मीर अन्य राज्यका व्यापारीहरु समेत सहभागी हुनेछन्। 

गत बिहीबार काश्मिरको पुलवामा भएको हमलामा ४० जना सैनिकको ज्यान गएको थियो । सोमबार सो विरुद्ध आतंककारी र भारतीय सैनिकबीच दोहोरो भीडन्त चलिरहेको छ । दोहोरो भीडन्तमा दुबै पक्षबाट गोलाबारी चलिरहेको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ