arrow

अमेरिकाको आग्रहपछि नोबेल पुरस्कारमा ट्रम्पको नाम सिफारिस

logo
प्रकाशित २०७५ फागुन ६ सोमबार
donald-trump.jpg

काठमाडौं । जापानी प्रधानमन्त्री सिन्जो आबेले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई नोबेल शान्ति पुरस्कारका लागि मनोनित गरेका छन् । अमेरिकी सरकारको आग्रहअनुसार आबेले ट्रम्पलाई सिफरिस गरेका हुन् ।

जापानी समाचारपत्र असाहीका अनुसार अमेरिकी राष्ट्रपटि ट्रम्प र उत्तर कोरियाली नेता किम जोन उनको भेटपछि अमेरिकाले जापानलाई नोबेल पुरस्कारको मनोनयका लागि मनाएको हो । बेलायती समाचार संस्था रोयटर्सका अनुसार यस विषयमा अमेरिकी राष्ट्रपति कार्यालयले भने कुनै जानकारी दिएको छैन ।

यो प्रतिवेदन ट्रम्पले आफ्नो उत्तर कोरियासँगको शान्ति सम्झौताको लागि जापानले नोबेल पुरस्कारको लागि मनोनित गरेको दाबीपछि आएको हो । ट्रम्पले अन्य धेरै मानिसहरुले पनि यो पुरस्कारका लागि आफूलाई लायक सम्झेको बताएका छन् ।

अमेरिकी राष्ट्रपति ट्रम्पले आबेले कहिले उनलाई मनोनयन गरेका हुन् भन्ने विषयमा कुनै जानकारी दिएका छैनन् । यसअघि ट्रम्पले उत्तर कोरियन नेता किमसँगको दोस्रो शिखर वार्ता भियतनामको हानोईमा हुने पुष्टि गरेका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ