arrow

इन्काउन्टरमा पुलवामा हमलाका मास्टरमाइण्ड मारिएको दाबी

logo
प्रकाशित २०७५ फागुन ६ सोमबार

नयाँ दिल्ली । जम्मू-कश्मीरको पुलवामामा राती १२ बजेदेखि चलेको दोहोरो भीडन्तमा बिहीबारको हमलाका मुख्य योजनाकार जेश-ए-मोहम्मदका दुई आत‌ंककारीको मृत्यु भएको नवभारत टाइम्स सहित सबै भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

खबरका अनुसार यस मुठभेडमा पुलवामामा भारतीय सुरक्षाबलमाथि आत्मघाती हमलाका मास्टरमाइण्ड गाजी रशीदको समेत मृत्यु भएको बताइएको छ । यद्यपि यसको आधिकारिक पुष्टि भने भइसकेको छैन । करिब ११ घण्टासम्म चलेको मुठभेडमा एक अन्य आतंकवादीको समेत मृत्यु भएको बताइएको छ । सो स्थानमा अझै ५ आतंककारीहरु लुकेर बसेको खबर छ । 

गाजी मारिएको आश‌ंका
मिडिया रिपोर्ट्सका अनुसार, गाजी रशीद तथा एक अन्य आतंककारी पुलवामा हमलापछि भाग्नको लागि तयार थिए । जबकि एक आतंककारी मोहम्मद आदिल डार आत्मघाती हमलामा मारिएका थिए । एजेन्सीहरुबाट मिलेको सूचना अनुसार गाजी जेशको नजिकको साथी हुन् भने मसूद अजहरका सबैभन्दा विश्वसनीय पात्र हुन् । गाजीलाई युद्धको बन्दोबस्तीको प्रशिक्षण तालिवानले दिने गरेको छ । गाजी रशीद नै पुलवामाका मुख्य योजनाकर्ता हुन् । 

राति १२ बजेदेखि मुठभेड 
भारतीय सैनिकले सोमबार राती १२ बजेदेखि मुठभेड सुरु गरेको थियो । यसमा ४ जना भारतीय सैनिकहरुको समेत ज्यान गएको छ । खुफिया सूचनाका आधारमा सुरक्षाबलले यस इलाकामा घेरा हालेको थियो । झण्डै १२ घण्टा भएको मुठभेडमा दुबै तर्फका गरी कूल ६ जनाको ज्यान गएको छ । 

गाजीले अघिल्लो वर्षको डिसेम्बरमा पार गरेका थिए सीमा 
अनुसन्धानबाट अघिल्लो वर्षको डिसेम्बरमा नै गाजीले काश्मिरमा प्रवेश गरेको भेटिएको छ । पुलवामा हमलापछि सुरक्षा बलले उनलाई पक्रिनको लागि व्यापक खोजी गरेको थियो । इनकाउन्टरको समयमा सुरक्षाबलले उनीहरु लुकिछिपी बसेको घरलाई बमले उडाईदिएको दाबी गरेको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ