arrow

कर बचाउन देश छाड्दैछन् यी खर्बपति धनाढ्य

logo
प्रकाशित २०७५ फागुन ६ सोमबार
brit_730_1.jpg

काठमाडौं । बेलायतका सबैभन्दा धनी व्यक्ति जेम्स रेटक्लिफ मुलुक छाड्ने तयारीमा छन् । उनी मोनोको जाने तयारीमा लागेका हुन् । समाचारमा बताइएअनुसार उनी करिब ५ खर्ब ७० अर्ब रुपैयाँबराबरको सम्पत्तिको कर बचाउन मुलुक छाड्ने तयारीमा रहेका हुन् ।

भूमध्य सागरको किनारामा रहेको मोनाकोलाई कर बचाउने मुलुकको रुपमा चिनिन्छ । रेटक्लिफ ब्रेक्जिटको समर्थकको रुपमा रहेका थिए । उनले युरोपियन युनियन (ईयू)को कडा नियमको विरोध गर्दै आएका थिए ।  रेटक्लिफ बेलायतको सरकारसँग कर बचाउने योजनाबारे पनि चर्चा गरिरहेका छन् । यदि यसमा सफलता मिलेको खण्डमा उनको कम्पनीका दुई अधिकारीहरुलाई १० अर्ब डलरको कर नलाग्ने रकम मिल्न सक्छ ।

करबारे निकै कडा नियम ल्याउनेबारे ईयूको विरुद्धमा बालेसँगै उनी चर्चामा आएका थिए । बेलायतको लिबरल डेमोक्रेट पार्टीका नेता विन्स केबलले भने जम्सले मुलुक छाडेर हिँड्नु गलत हुने बताएका छन् ।

रेटक्लिफ एक रसायन कम्पनी इनियोसका मालिक हुन् । यो कम्पनीको वार्षिक कारोबार ४५ अर्ब पाउण्डको हुने गरेको छ । यो कम्पनीका २२ मुलुकमा १८ हजारभन्दा बढी कर्मचारी छन् । कम्पनीका उत्पादनहरु पानी सफा गर्न, मञ्जन बनाउन, घरको सुरक्षा र खाद्यान्न प्याकेजिङको लागि गरिन्छ ।

रेटक्लिफलाई यसअघि सरकारको तर्फबाट पनि सहयोग मिलेको थियो । सन् २०१४ मा उनले एक ग्यास कम्पनी स्थापनाको लागि सरकारसँग २३ करोड पाउण्ड ऋण लिएका थिए । ब्रेक्जिटका एक अर्का समर्थक जेम्स डायसनले पनि आफ्नो कम्पनीको मुख्यालय सिंगापुरमा सार्ने घोषणा गरेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ