arrow

अफगानिस्तानमा तालिबान कमाण्डरसहित ३१ लडाकूको मृत्यु

logo
सिन्ह्वा,
प्रकाशित २०७५ फागुन ६ सोमबार
afgankills.jpg.jpeg

मैमाना। अफगानिस्तानको दक्षिणी प्रान्त फर्याबको कैसार जिल्लामा लुकेर बसेका तालिबान लडाकूलक्षित सरकारी सुरक्षा बलले गरेको कारबाहीमा परी १७ लडाकू मारिएका अफगान सेना प्रवक्ता मोहम्मद हानीफ रेजाईले सोमबार जानकारी दिएका छन्।

सरकारी सुरक्षा बलले गरेको हवाई र स्थल कारबाहीमा तालिबान लडाकूका कमाण्डर मवलावी इस्माट इस्माटयारसहित १७ तालिबान लडाकूको घटनास्थलमा मृत्यु हुनुको साथै अन्य आठ घाइते भएका रेजाईले सिन्ह्वा समाचार समितिलाई बताएका छन्। यस सुरक्षा कारबाहीको क्रममा तीन सुरक्षा अधि कारीहरुले पनि ज्यान गुमाएका र अन्य चार सुरक्षा अधिकारी सामान्य रुपमा घाइते भएका सरकारी स्रोतले जानकारी दिएको छ।

यस कारबाहीको तालिबान आतङ्ककारी समूहले भने कुनै टिप्पणी गरेका छैनन्। त्यसैगरी अफगानिस्तानको दक्षिण प्रान्त जाबुलमा सुरक्षा अधिकारीहरु र तालिबान लडाकूहररु बीचभएको झडपमा परी १४ लडाकू मारिएका छन्। यस झडपमा परी अन्य १७ जना घाइते भएका छन्।

सरकारी सुरक्षाबलले सो इलाकामा लुकेर बसेका तालिबान लडाकूविरुद्ध जारी राखेको सुरक्षा कारबाहीको क्रममा यो झडप सुरु भएको बताइएको छ। सुरक्षा बलद्वारा जारी विज्ञप्तिमा यस कारबाहीको क्रममा सुरक्षाबल र सर्बसाधारण नागरिकतर्फ भने कुनै हताहत नभएको बताइएको छ।

जाबुल प्रान्तको केही भागमा अशान्त मच्चारहेका तालिबान आतङ्ककारी समूहले भने यस विषयमा कुनै टिप्पणी गरेका छैनन्। त्यसैगरी अफगानिस्तानको दक्षिण प्रान्त जाबुलमा सुरक्षा अधिकारी तालिबान लडाकूबीच भएको झडपमा परी १४ लडाकू मारिएका छन्। यस झडपमा परी अन्य १७ जना घाइते भएका छन्।

सरकारी सुरक्षाबलले तालिबान लडाकूविरुद्ध जारी राखेको सुरक्षा कारबाहीको क्रममा यो झडप सुरु भएको बताइएको छ। सुरक्षा बलद्वारा जारी विज्ञप्तिमा यस कारबाहीको क्रममा सुरक्षाबल र सर्वसाधारण नागरिकतर्फ भने कुनै हताहत नभएको बताइएको छ। जाबुल प्रान्तको केही भागमा अशान्त मच्चारहेका तालिबान आतङ्ककारी समूहले भने यस विषयमा कुनै टिप्पणी गरेका छैनन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ