arrow

दुई करोड बढिको अकूत सम्पत्ति कमाएका राजश्वका रिजालविरुद्ध अदालतमा मुद्दा

logo
प्रकाशित २०७५ फागुन ६ सोमबार
specialcourt-shikharnews.jpg

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राजश्व अनुसन्धान विभाग ललितपुरका तत्कालीन शाखा अधिकृत रामजी रिजालविरुद्ध अकूत सम्पत्ति कमाएको आरोपमा विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

आयोगका अनुसार शाखा अधिृकत रिजाल विभिन्न कार्यालयमा कार्यरत रहँदा पदीय दुरुपयोग गरी रु दुई करोड ९७ लाख ३८ हजार ३१० बराबरको सम्पत्तिको स्रोत खुलेको नपाइएकाले मुद्दा दायर गरिएको हो ।

आयोगले गैरकानूनी रुपमा सम्पत्ति आर्जन गरी अस्वाभाविक उच्च जीवन यापन गरिरहेकाले कारवाही गरी पाउँ भनी परेको उजुरीका आधारमा छानबिन गरेको थियो । आयोगले रिजालकी श्रीमती स्वस्थानीलाई समेत प्रतिवादी कायम गरी मुद्दा दायर गरेको प्रवक्ता रामेश्वर दङ्गालले जानकारी दिए।

 यस्तै आयोगले रेडियो प्रसार सेवा विकास समितिका तत्कालीन लेखा अधिकृत टोपबहादुर महतराले रु दुई लाख ३१ हजार ७१८ बराबरको भ्रष्टाचार गरेको भन्दै आजै विशेष अदालतमा मुद्दा दायर गरेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ