arrow

व्याजदर घटेर आयो मौद्रिक नीतिको समीक्षा, व्यापारीसँगको छलफल सार्थक

logo
प्रकाशित २०७५ फागुन ६ सोमबार
nepal-rastra-bank.jpg.jpeg

काठमाडौं । व्याजदर घटाउने विषयमा व्यापारीहरुसँग भएको छलफलले सार्थकता पाएको छ। नेपाल राष्ट्र बैंकले सोमबार जारी गरेको मौद्रिक नीतिमा ९ प्रतिशत रहेको व्याजदर घटाएर ८ प्रतिशतमा सीमित गरिएको छ । मौद्रिक नीति सार्वजनिक गर्नु अघि बैंकले व्यापारीहरुसँग व्याजदर कम गर्ने विषयमा छलफल समेत गरेको थियो । 

सो समीक्षा अनुसार राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई ४ प्रतिशतमा साधारण पुनरकर्जा दिने व्यवस्था रहेकोमा बैंक तथा वित्तीय संस्थाले यस्तो कर्जामा ऋणीबाट ८ प्रतिशत भन्दा बढी ब्याज लिन नपाउने व्यवस्था गरिएको हो । हाल बैंकहरुले यस्तो कर्जामा ९ प्रतिशतसम्म व्याज लिन पाउने व्यवस्था रहेको छ ।  

त्यस्तै, निर्यातलाई प्रोत्साहन गर्ने उद्देश्यले १ प्रतिशत ब्याजमा राष्ट्र बैंकले दिँदै आएको निर्यात पुनरकर्जामा बैंक तथा वित्तीय संस्थाहरुले ऋणीसँग ३ प्रतिशत भन्दा बढी ब्याज लिन नपाउने व्यवस्था गरिनेछ । हाल यस्तो कर्जामा ४ प्रतिशतसम्म ब्याज लिन पाउने व्यवस्था रहेको छ । 

साथै, निश्चित रकम भन्दा माथिको दीर्घकालीन परियोजना कर्जामा ऋणीसँगको सहमतिमा तोकिएको अवधिका लागि ब्याजदर स्थिर गर्न सकिने व्यवस्था समेत राष्ट्र बैंकले गरेको छ । 

बैंकले वाणिज्य बैंक, विकास बैंक तथा वित्त कम्पनीहरुले विदेशबाट आफ्नो प्राथमिक पूँजीको शतप्रतिशतसम्म विदेशी मुद्रामा ऋण लिन पाउने व्यवस्था गरेको छ । वाणिज्य बैंक तथा राष्ट्रिय स्तरका वित्तीय संस्थाहरुले संस्थागत सामाजिक उत्तरदायित्व कोषमा छुट्याएको रकमलाई वित्तीय साक्षरता प्रवद्र्धन गर्ने लगायतका क्रियाकलापलाई प्रोत्साहित गर्न प्रत्येक प्रदेशमा न्यूनतम १० प्रतिशत हुनेगरी खर्च गर्नुपर्ने व्यवस्था गरिनेछ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ