arrow

ब्याजदर अन्तर गणना गर्ने विद्यमान विधिमा परिमार्जन, नयाँ विधिले घट्छ व्याज

logo
प्रकाशित २०७५ फागुन ६ सोमबार
NRB.JPG

काठमाडौं । नेपाल राष्ट्र बैंकले व्याजदर अन्तर गणना गर्नै विद्यमान विधिमा परिमार्जन गरेको छ । सोमबार राति नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको मौद्रिक नीतिको अर्धवार्षिक समीक्षाबाट राष्ट्र बैंकले ब्याजदर अन्तर गणना गर्ने विद्यमान विधिमा परिमार्जन गर्ने जानकारी दिएको हो । 

बैंकका अनुसार अब कर्जा र निक्षेपको भारित औसत ब्याजदरका आधारमा ब्याजदर अन्तर गणना गर्ने व्यवस्था मिलाइनेछ । यो नयाँ व्यवस्था अनुसार यसको गणना गर्दा कूल व्याजमा ० दशमलव ७५ प्रतिशत कम व्याज तिरे हुन्छ । 

त्यस्तै, बैंक तथा वित्तीय संस्थाले कर्जा प्रवाह गर्दा ग्राहकसँग लिने प्रशासनिक सेवा शुल्क तथा प्रतिबद्धता शुल्कलाई ब्यवस्थित बनाउँदै ग्राहकको कर्जा सम्बन्धी लागत कम गर्न आवश्यक व्यवस्था मिलाउने पनि नीति लिएको छ । अब बैंक तथा वित्तीय संस्थासँग कर्जा लगायतका कारोवार गर्दा गरिने तमसुक एवम् अन्य कागजातहरूमा सबै बैंकको एउटै हुने भएको छ । त्यसको एकरुपताको लागि राष्ट्र बैंकले नै यसको ढाँचा तयार पार्ने भएको छ । 

अर्को तर्फ बैंक तथा वित्तीय संस्थाहरु र अन्य सरोकारवाला निकायहरुबीच उत्पादनशील, विपन्न वर्ग एवम् प्राथमिकताप्राप्त क्षेत्रहरुमा कर्जा प्रवाह गर्ने निर्देशनको प्रभावकारी कार्यान्वयन गर्न यस बैंकका उपत्यका बाहिरका कार्यालयहरुमा गठित वित्तीय क्षेत्र समन्वय सम्बन्धी संयन्त्रलाई थप प्रभावकारी बनाउने भएको छ । 

त्यस्तै वाणिज्य बैंक तथा राष्ट्रिय स्तरका वित्तीय संस्थाहरुले संस्थागत सामाजिक उत्तरदायित्व कोषमा छुट्याएको रकमलाई वित्तीय साक्षरता प्रवद्र्धन गर्ने लगायतका क्रियाकलापलाई प्रोत्साहित गर्न प्रत्येक प्रदेशमा न्यूनतम १० प्रतिशत हुनेगरी खर्च गर्नुपर्ने व्यवस्था गरिने पनि राष्ट्र बैंकले जनाएको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ