arrow

‘ट्वाइलेट पेपर’ खोज्दा गुगलले किन देखाउँछ पाकिस्तानी झण्डा ? 

logo
एजेन्सी
प्रकाशित २०७५ फागुन ६ सोमबार
pakistan_flag.jpg

काठमाडौं ।  सर्च इन्जिन गुगलमा विश्वको सबैभन्दा राम्रो ‘ट्वाइलेट पेपर’ खोजी गर्दा पाकिस्तानी झण्डा देखाउँछ । सामाजिक सञ्जालमा अहिले यो विषय भाइरल बन्न पुगेको छ । मानिसहरुले यसको स्क्रिनसुट लिएर सामाजिक सञ्जालमा राखिरहेका छन् । 

भारतको जम्मू–काश्मिरमा आक्रमण भएको २ दिनपछि गुगलमा यस्तो पाइएको  हो । गुगलको खोजी एल्गोरिदमको आधारमा देखिने गर्छ । 

धेरै मानिसहरुले त्यो शब्द केका लागि प्रयोग गरेका छन् भन्नेमा पनि निर्भर हुन्छ । त्यसैले गुगलमा विश्वको सबैभन्दा राम्रो ‘ट्वाइलेट पेपर’ खोजी गर्दा पाकिस्तानी झण्डा र यससँगै सम्बन्धित समाचार देखिन्छ । 

यो नौलो कुरा भने होइन । यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको फोटो ‘इडियट’ सर्च गर्दा आँउथ्यो । साथै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको फोटो सबैभन्दा ठूला १० अपराधी खोज्दा आउँथ्यो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ