मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा : केही नीति बदलिए, केही उस्तै (पूर्ण पाठ)
प्रकाशित २०७५ फागुन ६ सोमबार
605
Shares
काठमाडौं । नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा गरेको छ । सोमबार राति सार्वजनिक सो समीक्षामा केही नीतिहरु थप गरिएको छ भने केही नीतिहरु पहिलेकोमा यथावत राखिएको छ । व्याजदर अन्तर गणना गर्नै विद्यमान विधिमा परिमार्जन गरेको छ ।
सोमबार राति नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको मौद्रिक नीतिको अर्धवार्षिक समीक्षाबाट राष्ट्र बैंकले ब्याजदर अन्तर गणना गर्ने विद्यमान विधिमा परिमार्जन गर्ने जानकारी दिएको हो ।
बैंकका अनुसार अब कर्जा र निक्षेपको भारित औसत ब्याजदरका आधारमा ब्याजदर अन्तर गणना गर्ने व्यवस्था मिलाइनेछ । यो नयाँ व्यवस्था अनुसार यसको गणना गर्दा कूल व्याजमा ० दशमलव ७५ प्रतिशत कम व्याज तिरे हुन्छ ।