arrow

विजेपी र सेनाबीच चुनावमा सहकार्य गरेर अघि बढ्ने सहमति

logo
प्रकाशित २०७५ फागुन ७ मंगलबार
bjp-logo.jpg

महाराष्ट्र । महाराष्ट्रमा बीजेपी तथा शिवसेना लोकसभा तथा विधानसभा चुनावमा साथ मिलेर चुनाव लड्ने सहमति गरेका छन् । दुबै पार्टीबीच सिट बाँडफाँडमा समेत सहमति जुटेको हो । सहमति अनुसार बीजेपीको २५ तथा शिवसेनाको २३ सीटमा गठबन्धन जुटेको हो । विधानसभा चुनावमा दुबै पार्टी बराबर सिटमा लड्ने सहमति भएका हुन् । पत्रकार सम्मेलनमा बीजेपी अध्यक्ष अमित शाह तथा शिवसेना प्रमुख उद्धव ठाकरेको उपस्थितीमा महाराष्ट्रका मुख्यमन्त्री देवेन्द्र फडणवीसले यो खुलासा गरेका हुन् ।

महाराष्ट्रका मुख्यमन्त्रीले भने, 'सिट बाँडफाडका अलावा दुई पार्टीबीच राम मन्दिरको विषयमा समेत चर्चा भएको थियो । राम मंदिरमाथि हाम्रो र शिवसेनाबीच एउटै विचार छ ।' फडणवीसले भने कि यो समय आफूहरुबीचको समय मतभेद भुलाएर एक साथ आउने जुट्नुपर्ने बेला हो । उनले केही मानिसहरु बीजेपी-शिवसेनाबीच मतभेद गराउन चाहन्छन् । हामीबीच मतभेद छ तर विचार एउटै छ । 

सीएमले भने, 'शिवसेनाको तर्फबाट किसानहरुको मुद्दा समेत उठाइएको थियो । यसलाई लिएर दुबै पार्टीबीच सहमति समेत बनेको छ । यही मौका हो कि सबै राष्ट्रवादी पार्टीहरु एकै ठाउँमा आउनु पर्ने बेला भएको छ ।  बीजेपी तथा शिवसेना पछिल्लो २५ वर्षदेखि साथ साथ छन् । पछिल्लो विधानसभा चुनावमा हामी साथमा थिएनौं । फेरि पनि हामीले साथसाथ मिलेर सरकार चलायौं । बीजेपी तथा शिवसेना सैद्धान्तिक रूपले हिन्दूवादी पार्टीहरु हुन् ।' 

यस पत्रकार सम्मेलनमा उद्धव ठाकरेले भने कि, 'हाम्रो मन साफ छ। जब पहिले हाम्रो सरकार अटलजीको नेतृत्वमा बनेको थियो, त्यतिबेला पनि शिवसेनाले राम मंदिरको मुद्दा उठाएको थियो । यस दौरान ठाकरेले पीएमको फसल बीमा योजनाको स्वागत समेत गरेका थिए । 

यस दौरानमा अमित शाहले भने कि, 'दुबै पार्टीहरुको समर्थकलाई भन्न चाहन्छु कि शिव सेना र अकालीले सधैंह राम्रो र नराम्रो समयमा बीजेपीको नै साथ दिएको छ । मलाई खुशी लागेको छ कि दुबै पार्टीहरु मतभेद भुलाएर अघि बढ्दै छ। हामी दुबै पार्टी कैयौं मुद्दामा साथ साथ अघि बढिरहेका छौं । आउने चुनावमा पनि हामी विजयी बन्ने छौं । सेना तथा बीजेपीलाई कमसेकम ४५ सिट मिल्नेछ। जनताको पनि यही चाहना छ कि यही सरकार फेरि पनि दोहोरियोस् । महाराष्ट्र सरकारले समेत भ्रष्टाचारलाई जरैदेखि फ्याक्नको लागि ठूलोकाम गरेको छ।' 


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ