arrow

स्पेनले ४५० सिरियालीलाई शरण दिने

logo
प्रकाशित २०७२ फागुन २८ शुक्रबार
म्याड्रिड । स्पेनका कार्यवाहक गृहमन्त्री जोर्ज फेर्नान्डेज डियाजले इटाली, ग्रीस र टर्कीमा आश्रय लिइरहेका ४५० भन्दा बढी सिरियाली र इराकी शरणार्थीलाई स्पेनले शरण दिने बताएका छन‍् । स्पेनले ती शरणार्थीलाई तत्काल पुनर्वासको व्यवस्था गर्न युरोपियन नियोगसमक्ष इच्छा व्यक्त गरेको ब्रसेल्समा आयोजित पत्रकार सम्मेलनमा डियाजले सो घोषणा गरेका हुन् । 
 
पहिलो चरणमा टर्कीमा रहेका २५०, ग्रीसबाट १५० र इटालीबाट ५० जना सिरियाली तथा इराकी शरणार्थीलाई शरण दिइनेछ, मन्त्री डायाजले बताए ।मन्त्री डायजले शरणार्थी समस्या समाधानका लागि गरेको सहयोगको लागि टर्की सरकारलाई धन्यवादसमेत दिएको छ । स्पेनले सन् २०१६ मा ८५९ सिरियाली र इराकी शरणार्थीलाई शरण दिने योजना बनाएको छ । सिन्ह्वा 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ