arrow

सुकीको पार्टीका तर्फवाट राष्ट्रपतिको उम्मेदवारमा टिन् क्याव

logo
प्रकाशित २०७२ फागुन २८ शुक्रबार
suki6.jpg.jpeg
नाइपिद्व । म्यानमारमा आगामी हप्ता हुने राष्ट्रपति पदको निर्वाचनको लागि नेशनल लिग फर डेमोक्र्यासीकतर्फबाट शुक्रबार उम्मेदवार तय गरिएको छ । शुक्रबार राष्ट्रपति पदको लागि सो पार्टीका तीन जना उम्मेदवारबीच संसदमा विश्वासको मत सम्बन्धि भएको मतदानपछि सो पार्टीका टिन् क्याव आगामी हप्ता हुने राष्ट्रपति पद्को उम्मेदवारमा निर्वाचित भएको प्रजातन्त्रवादी नेत्री आङ सान सुकीले जनाएकि छिन् । क्यावको पक्षमा २४७ र विपक्षीमा २९ मत परेको थियो । 
 
म्यानमारकी प्रजातन्त्रवादी नेत्री आङ् सान सुकीको दल नेशनल लिग फर डेमोक्र्यासीले गत नोभेम्बर महिनामा सम्पन्न आमनिर्वाचनमा प्रचण्ड बहुमत हासिल गरेको थियो । सो निर्वाचनमा आएको मतपरिणाम पछि आगामी राष्ट्रपतिमा पनि सोही दलका उम्मेदवारले जित हातपार्ने निश्चितजस्तो देखिएको छ । राष्ट्रपति पदमा नेत्री सुकीले बलियो सम्भावना रहेको भएता पनि त्यहाँको कानुनलेसुकीलाई म्यानमारको राष्ट्रपति पदमा उम्मेदवारी दिन अनुमति दिएको छैन । विदेशीसँग वैवाहिक सम्बन्ध रहेको आरोपमा सुकी राष्ट्रपति पदको उम्मेदवार बन्न नपाउने कानून बनाइएको छ । 
 
म्यानमारको राष्ट्रपति पदको उम्मेदवारको ठूलो उत्सुकता शुक्रबार समाप्त भएको छ । सुकी नै यस पदका लागि उम्मेदबार हुन पाउनुहुन्छ कि भन्ने लामो समयको त्यहाँका नागरिकको उत्सुकता शुक्रबारदेखि तोडिएको छ । विगतका कैयौँ महिनादेखि सुकीले आफ्नो उम्मेदवारी हुनसक्ने गरी कानुनी प्रक्रिया अघि बढाउने बारेमा म्यानमार सरकारसँग वार्ता गर्नुभएको थियो । सो दलका ७० वर्षीय नाइपिद्वका टिन् क्याव म्यानमारमा आगामी राष्ट्रपति पदको उम्मेदवार बनेका छन् ।क्याव अर्थशास्त्रका स्नातक हुन भने सुकीको समर्थक रुपमा रहेका छन्  । म्यानमारमा हाल सैनिक सहयोगको सरकार छ । तर गत नोभेम्बरमा सुकीको दलले बहुमत ल्याएपछि संसद्को वैठक मात्र बसेको छ । सुकीको दलले राष्ट्रपति पद हात पारेपछि नयाँ सरकार गठन पनि गरिने प्रक्रिया सुरु हुने छ । सो प्रक्रिया बमोजिम यसै हप्ता नयाँ सरकार गठन गरिने जनाइएको छ । एपी 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ