नेपाली क्रिकेट टोलीको बिजयी सुरुवात, सिताको अलराउण्ड प्रदर्शन
प्रकाशित २०७५ फागुन ७ मंगलबार
550
Shares
काठमाडौं । आईसीसी महिला टि-२० विश्वकप छनौट खेलमा नेपालले मलेसियालाई ३४ रनले पराजित गर्दै बिजयी शुरुवात गरेको छ।
कप्तान रुविना क्षेत्री र उपकप्तान सिता रानामगरको उत्कृष्ट प्रदर्शनले नेपालले मलेसिया बिरुद्ध सहज जित हात पारेको हो।
प्लेयर अफ म्याच घोषित भएकी सिताले ४२ रन बानउँनुका साथै १ विकेट पनि लिएकी थिईन्। उनले ४ ओभर बलिङ गर्दै १७ रन खर्चेर १ विकेट लिएकी थिईन्। त्यसैगरि कप्तान रुविना क्षेत्रीले ३३ रनको योगदान गरेकी थिईन्।
टस जितेर पहिले ब्याटी, गरेको पालले निर्धारित २० ओभरमा ५ वेकट गुमाउँदै १सय २६ रन बनाएको थियो।
नेपालका लागि विकेटकिपर काजल श्रेष्ठ र सिता रानामगरको प्रारम्भिक जोडीले ४६ रनको साझैदारी गर्दै राम्रो सुरुवात गरेको थियो।काजलले १६ रनको योगदान गरेकी थिईन्।
नेपालका लागि इन्दु बर्माले १३ रन बनाउँदा नेरी थापा ६ रनमा आउट भएकी थिईन्। सरीता मगर १ रनमा अविजित रहिन् ।
मलेसियाकी दुराइसिगम, सान्सा अज्मी र जुमिका अज्मीले एक–एक विकेट लिएका थिए ।
जवाफमा ब्याटीङ गर्न ओर्लिएको मलेसियाका लागि क्रिष्टिनाले २१, दुराइसिंगमले १८ तथा सान्सा अज्मीले १६ रन बनाउनु बाहेक अन्यले दोहोरो रन बनाउन सकेनन् । मलेसिया निर्धारित २० ओभरमा ७ विकेट गामउँदै ९२ रनमा समेटिएको थियो।
नेपालका लागि करुणा भण्डारी र सरीता मगरले दुई दुई विकेट लिँदा कबिता कुँवर र सिता राना मगरको नाममा एक एक विकेट रह्यो ।
नेपालले बाँकि खेल थाईल्याण्ड, युएई, हङकङ र कुवेत सँग खेल्नेछ। राउन्ड रोविनका आधारमा हुने छनोटको शीर्ष स्थानमा रहने टोली ग्लोबल क्वालिफायरमा छनोट हुनेछ ।