arrow

दृष्यचित्र सम्मिलित बार्षिक पुस्तक “फ्याक्ट्स अफ नेपाल २०१९” सार्वजनिक

फ्याक्ट्स वर्ष पुस्तकको पाँचौ संस्करणको बिमोचन

logo
प्रकाशित २०७५ फागुन ७ मंगलबार
FACTS-of-Nepal-2019_Cover.jpg

काठमाडौं। नेपालका विभिन्न क्षेत्रहरुको जानकारी एवं तथ्याङ्क संकलन गरि तयार पारिएको बार्षिक पुस्तक 'फ्याक्ट्स अफ नेपाल:२०१९' संस्करण सार्वजनिक भएको छ।

फ्याक्ट्स रिसर्च एण्ड एनलाइटिक्सले यस २०१९ को वार्षिक पुस्तकमा अघिल्लो वर्षको विभिन्न क्षेत्रहरुको तथ्याङ्क संकलन गरि बनाइएको सूचनागत दृष्यचित्र (इन्फोग्राफिक्स) हरु समावेश गरिएका छन् । सरल र जानकारीमुलक ढङ्गबाट गरिएको क्षेत्रगत तथ्याङ्कको अन्तर्दृष्टि र विश्लेषण पनि यस संस्करणमा समावेश गरिएको छ ।

यो पुस्तकमा देशको सामाजिक, आर्थिक, सांस्कृतिक क्षेत्र लगायतका १९ क्षेत्रहरु समेटिएका छन् । यो प्रकाशन यस फ्याक्ट्स वार्षिक पुस्तकको पाँचो संस्करण हो ।

यस पुस्तकका पछिल्ला संस्करणहरूले देशको ब्यवसायीक, सामाजिक, विकासशील र राजनीतिक क्षेत्रहरूमा लोकप्रियता पाउनुका साथै सो पुस्तकहरुलाई तथ्याङ्क र अन्तर्दृष्टिहरूको प्रस्तुतीकरणको एक विश्वसनीय स्रोतको रूपमा लिने गरिएको छ ।

यस पटक पाठकहरुले यो पुस्तक www.esewapasal.com बाट पनि अर्डर गर्न सक्नेछन् । यसको ई-बुक वि–रिड (we read)को मोबाइल एप्लिकेशनबाट डाउनलोड गरेर पनि पढ्न सकिनेछ ।

स्वतन्त्र निजी अनुसन्धानमूलक कम्पनीको रुपमा रहेको फ्याक्ट्सले अनुसन्धान र विश्लेषणात्मक परियोजनाहरु सञ्चालन गर्नुको साथै आफ्नो स्थापनाकाल (२०१२) देखि नै सामाजिक सञ्जाल र छापा माध्यम मार्फत दैनिक, साप्ताहिक र मासिक रूपमा सूचनामूलक तथ्याङ्कीय चित्रहरू प्रस्तुत गर्ने कार्य जारी राखेको छ ।

तथ्याङ्कीय पारस्परीक छलफलहरु र सूचनागत दृश्यचित्र (इन्फोग्राफिक्स) लाई बुझ्नको लागि फ्याक्ट्सले अनलाईन समाचार पोर्टल, दैनिक पत्रिका, मासिक पत्रिका र राष्ट्रिय टेलिभिजनहरुसँग साझेदारी गरेर अघि बढीरहेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ