क्यान्सरसँग लडिरहेका इरफानको हिम्मत र इच्छाशक्तिको फ्यान बने नसीरुद्दिन
प्रकाशित २०७५ फागुन ७ मंगलबार
536
Shares
काठमाडौं । क्यान्सरसँग जुधिरहेका भारतीय अभिनेता इरफान खानको संघर्ष अनय मानिसहरुलार्य प्रेरित गर्ने किसिमको छ । यस्तोमा अर्का स्टार नसीरुद्दीन शाह उनको संघर्षको फ्यान बनेका छन् । उनले आफूले इरफानसँग कुरा गर्दा उनले जीन्दगीको नयाँ अनुभव गरिरहेको आभाष हुने गरेको बताए । उनले इरफानको केही अनुभवहरु आफूलाई निकै राम्रो लाग्ने गरको बताए ।
नसीरुद्दीनका अनुसार इरफान शुरुमा यो दुःखलाई सम्हाल्न परेको थियो । अहिले उनको जीवनमा जे भइरहेको छ, त्यसले इरफानले पूर्णरुपमा अनुभव गरिरहेका छन् ।
नासीरका अनुसार इरफानको इच्छाशक्ति निकै प्रेरणादायी छ । इरफानले अब पुनः फिल्म खेल्ने बताएका थिए । उनले १० वर्षपछि पनि ‘ओए ओए’ र ‘उह ला ला’ जस्तो एक डान्सको करियरमा रहन चाहेको उनले बताएका थिए ।
अघिल्लो वर्षको मार्चमा लण्डनमा मस्तिष्कको न्युरो एन्डोक्राइन ट्युमरको उपचार गराएर उनी केही समयअघि मात्र भारत फर्केका छन् ।
गत मार्चमा उनले यसबाट जीन्दगीमा अचानक आइपर्ने समस्याको कसरी सामना गर्ने भन्ने कुराको पाठ सिकेको बताएका थिए । उनले आफ्नो इच्छाशक्ति र समर्थकहरुको मायाले जीवनमा अझै केही गर्ने आशा बाँकी रहेको बताएका थिए ।
इरफान विशाल भारद्वाजको सपना दीदीमा काम शुरु गर्ने तयारीमा थिए । उनीसँगै दीपिका पादुकोणले पनि यो फिल्ममा अभिनय गर्नेछिन् । इरफानको स्वास्थ्य बिग्रिएसँगै उनले फिल्ममा काम गर्न सकेका थिएनन् । यो फिल्मको काम इरफानले काम शुरुगरेसँगै हुने बताइएको छ ।