arrow

ट्रम्पविरुद्ध अमेरिकाका १६ राज्यमा मुद्दा

logo
एजेन्सी
प्रकाशित २०७५ फागुन ७ मंगलबार
trump-state-of-union.jpg

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध अमेरिकाको १६ राज्यमा मुद्दा दायर भएको छ । ट्रम्पको संकटकालको घोषणालाई लिएर उनीविरुद्ध मुद्दा दायर भएको हो । 

ट्रम्प प्रशासनको कदमले संविधानको उल्लंघन भएको आरोप लगाउँदै उक्त राज्यहरुले मुद्दा दायर गरेका हुन् । 
 
ट्रम्पको घोषणा विरुद्ध मुद्दा दायर गर्ने राज्यहरूमा क्यालिफोर्निया, कोलोराडो, कनेक्टिकट, डेलावेयर, हवाई, इलिनियोस, मेन, मेरिल्याण्ड, मिशिगन, मिनिसोटा, नाभेडा, न्यू जर्जी , न्यू मेक्सिको, न्यूयोर्क, ओरिगन र भर्जिनिया छन् । यी सबै राज्यमा डेमोक्रेटिक पार्टीका महान्यायाधिवक्त छन् । 

गत शुक्रबार ट्रम्पले अमेरिकामा राष्ट्रिय संकटकालको घोषणा गरेका थिए । 

ट्रम्पले मेक्सिको–अमेरिका सीमामा पर्खालको कोषका लागि राष्ट्रिय संकलकालको घोषणा गरेका हुन् । यसअघि यसै विषयमा विपक्षी डेमोक्रेट्सहरुसँग कुरा नमिल्दा अमेरिकामा ३५ दिने लामो आंशिक अमेरिका बन्द भएको थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ