arrow

शहीदहरुको सम्झनामा इलाममा फुटबल प्रतियोगिता सम्पन्न 

logo
प्रकाशित २०७५ फागुन ८ बुधबार
Ilam_congress.jpg

इलाम । प्रजातान्त्रिक आन्दोलनमा शहादत प्राप्त गरेका व्यक्तिहरुको सम्झनामा इलाममा नेपाल तरुण दलले आयोजना गरेको फुटबल प्रतियोगिता सम्पन्न भएको छ । इलामको साखेजुङमा भएको सो प्रतियोगिताको समापन नेपाली काँग्रेसका नेता गगन थापाले गरेका छन्। 

प्रतियोगिताको समापन समारोहमा नेता थापाले सात खाल्डे सहिद परिवारलाई सम्मानपत्र प्रदान गर्दै कार्यक्रमको समापन गरेका छन् । गत फाल्गुन १ गतेबाट सुरु भएको सो प्रतियोगितामा प्रथम हुने टीमलाई एकलाख पचासहजार रुपैयाँ दिईने आयोजकले जनाएको छ। 

सो पुरस्कारको लागि नेपाली काँग्रेसका नेता डम्मर खड्काले साउड सेट र पैतालिस हजार रुपैयाँ सहयोग गरेका छन् । साथै, द्वितीय पुरस्कारको लागि स्थानीय टेक बहादुर सुवेदीले सहयोग गरेका छन् । मंगलबार नै रेड हर्स इलाम र सूर्योदय ११बीच फाइनल खेल हुन लागेको भएपनि खेलको मध्यपछि वर्षाका कारण खेल स्थगित भएको छ। बुधबार फाइनल खेल हुने आयोजकले जनाएको छ । 

२००७ सालदेखि २०६३ सालसम्म विभिन्न आन्दोलनमा विभिन्न स्थानका गरी जिल्लाबाट २२ जनाले ज्यान गुमाएका थिए । सोही सम्झनामा खेल आयोजना भएको हो । फुटबल प्रतियोगिताको समापन समारोहलाई सम्बोधन गर्दै नेता थापाले अहिलेको सरकारको नेतृत्त्वकर्ता दल नेकपाभित्र दुई बिचार भएकाले बाहिर मिलेजस्तो देखिएपनि भित्र उनीहरुबीच मिलन नरहेको आरोप लगाए । 

फरक प्रसंगमा उनले सरकारका नेताहरु एकथरी अमेरिकाको बिरोध गर्ने र अर्को अमेरिकालाई फकाउने रणनीतिमा रहेको बताए । उनले अहिलेसम्म नेपाली जनताले पाएको उपलब्धिलाई कसरी जोगाउने भन्ने चुनौती अहिले काँग्रेसको काँधमा आएको भन्दै अब नेपाली जनताले आन्दोलन थेग्न नसक्ने बताए । 

नेपालको प्रजातान्त्रिक आन्दोदनमा शहीद भएकाहरुको नामावली तल प्रस्तुत गरिएको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ