arrow

कृष्ण, गगन र उमाकान्तले राखे चियापान; सहयोग गर्नेलाई धन्यवाद दिइने

logo
प्रकाशित २०७२ फागुन २८ शुक्रबार
gagan-thapa-new-p.jpg.jpeg
काठमाडौ। नेपाली काँग्रेसका नेताहरु कृष्ण सिटौला, गगन थापा र उमाकान्त चौधरीले महाधिवेशन प्रतिनिधीहरुलाई धन्यवाद ज्ञापन गर्न चियापान गर्ने भएका छन्। १३औं महाधिवेशनमा सभापति, महामन्त्री र कोषाध्यक्षका प्रत्यासी सिटौला, थापा र चौधरीले महाधिवेशनमा सहयोग पुर्‍याउने नेता कार्यकर्ता, महाधिवेशन प्रतिनिधीहरुलाई धन्यवाद दिन चियापान आयोजना गरेको बताइएको छ। उमेद्वारी घोषणा गरेको अनुपम फुडल्याण्डमा नै चियापान आयोजना गरिने काँग्रेस महाधिवेशन प्रतिनिधी एवं सिटौला निकट रहेका वलदेव तिमिल्सिनाले हाम्राकुरा डटकमलाई बताए। शनिवार विहान ८ वजेबाट शुरु हुने चियापानमा पत्रकारहरुलाई समेत निम्तो गरिएको तिमिल्सिनाले बताए। 
 
सहयोग पुर्‍याउनेहरुलाई धन्यवाद दिन सिटौला थापा र चौधरीको सचिवालयका तर्फबाट खबर गर्न थालिएको महाधिवेशन प्रतिनिधी डिल्लीराम सुवेदीले जानकारी दिए। नेपाली काँग्रेसको मतगणनाको परिणाम पछि धन्यवाद ज्ञापन गर्ने गरि कार्यक्रम गर्न तयारी भएपनि परिणाम आउन ढीलो हुने देखिएपछि शनिवारलाई नै कार्यक्रम तय गरिएको बताइएको छ। 
 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ