arrow

मौद्रिक नीतिको समीक्षा अनुसार व्याजदर घटाए वित्तीय समस्या निम्तने संघको निष्कर्ष

logo
प्रकाशित २०७५ फागुन ८ बुधबार
nepal-bankers-assocation-nba.jpg

काठमाडौं । बैंकर्स संघले मौद्रीक नीतिको अर्धवार्षिक समीक्षामा उल्लेख गरिएबमोजिम बैंकहरुको व्याजदर घटाउने हो भने वित्तीय क्षेत्रमा समस्या आउने निष्कर्ष निकालेको छ । बुधबार काठमाडौंमा बसेको संघको बैठकले मौद्रिक नीतिको अर्थबार्षिक समीक्षाको समीक्षा गरेको हो । 

संघका अनुसार नेपाल राष्ट्र बैंकलाई व्याजदर सम्बन्धमा राष्ट्र बैंकले लिएको नीति पुनर्विचार गर्न आग्रह गर्ने निर्णय समेत गरेको छ । सोमबार राती प्रकाशित गरेको मौद्रिक नीतिको अर्धवार्षिक समीक्षामा राष्ट्र बैंकले पुनर्कर्जामा ९ प्रतिशतको व्याजदरलाई एक प्रतिशत कम गरी ८ प्रतिशतमा सीमित गर्ने, आधार दरमा प्रिमियम तोक्न पाउने जस्ता केही व्यवस्थाहरु परिवर्तन गरेको थियो । 

व्यवसायीको माग बमोजिम सरकारको दबाबमा राष्ट्र बैंकले तोकेको यो व्यवस्थाले न त बैंकहरु खुशी देखिएका छन् न त व्यवसायीहरु नै । विराटनगरका व्यवसायीहरुले त अर्थमन्त्री युवराज खतिवडाले दिएको १५ दिनको समयसीमासम्म कुर्ने र नभए देशव्यापी आन्दोलन सुरु गर्नै चेतावनी नै दिन थालिसकेका छन् । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ