arrow

एप्पलले सबैभन्दा सस्तो आईफोन मार्चमा सार्वजनिक गर्दै

logo
प्रकाशित २०७२ फागुन २८ शुक्रबार
iphone.jpg.jpeg
एजेन्सी । एप्पल कम्पनीले  अहिले सम्मकै सबैभन्दा सस्तो आईफोन सार्वजनिक गर्ने भएको छ । भारतीय सञ्चारमाध्यमका अनुसार एप्पलले २१ मार्चमा नयाँ आईफोन र  ९.७ इन्च स्क्रिन भएको आइप्याड बजारमा ल्याउन लागेको हो । केजिआई सेक्युरिटिज का विषेशज्ञ मिंग ची कुओका अनुसार नयाँ आईफोन एसईको  मुल्य करिब ४ सय ५० अमेरिकी डलर अर्थात ४५००० नेपाली रुपैया पर्नेछ ।  यो मुल्यमा एप्पलले आफ्नो  साढे २ वर्ष पहिलेको आईफोन ५ एस बेच्ने गर्दछ । अहिले एप्पलले उत्पादन गरेको नयाँ आईफोनको मुल्य करिब ९६००० पर्दछ । 
 
 
आईफोन एसई लामो समय देखि सार्वजनिक हुने भनिएता पनि बजारमा आएको छैन । आईफोन एसईमा ४ ईन्च स्क्रि रहने कम्पनिले जनाएको छ । यसका  साथै कम्पनिले ९.७ इन्च स्क्रिन भएको आईप्याड प्रो पनि सार्वजनिक गर्ने  छ ।  
 
 
आईफोन एसईमा हुने सम्भावित फिचर्सहरु 
 
 डिस्प्ले- ४ इन्च
क्यामरा - १२ मेगापिक्चर
मेमोरी- १६ जिबि र ६४ जिबि
कनेक्टिविटी - ब्लूटूथ ४.२, वाई-फाई ८०२.११ एसी, लाइभ फोटोज सपोर्ट
बेट्री- १६४२ एमएएच 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ