arrow

रोहित पुनः पर्सिजा क्लबबाटै खेल्ने

logo
प्रकाशित २०७५ फागुन ८ बुधबार
rohit-chand.jpg

काठमाडौँ । राष्ट्रिय फुटबल टोलीका मिडफिल्डर रोहित चन्द इण्डोनेसियाको क्लब पर्सिजा जाकार्तामा अनुबन्धन हुने भएका छन् । गत सिजन पर्सिजाबाटै खेलेका रोहित पुनःएक सिजन सोही क्लबबाट खेल्ने टुङ्गो लागेको हो ।

रोहितलाई नयाँ सिजन पर्सिजाले क्लबमा अनुबन्धन गर्ने रोहितले जनाएका छन् । रोहित गत सिजन इण्डोनेशियन लिगमा वर्ष खेलाडी घोषित भएका थिए । उनको उच्च प्रदर्शनबाट प्रभावित क्लबले नयाँ सिजन पनि उनलाई क्लबमा अनुबन्धन गर्न लागेको जनाएको छ ।

इण्डोनेशियाको लिगमा उच्च प्रदर्शन गरेपछि रोहितले थाइल्याण्ड र अष्ट्रेलिया लगायतका देशमा समेत ट्रायलका लागि प्रयास गरिरहेका थिए । तर पर्सिजाले गत वर्षकोभन्दा बढी तलब सुविधा उपलब्ध गराएपछि उनी सोही क्लबमा रहने बस्न सहमत भएका हुन् । “आकर्षण तलब सुविधानसहित पुनःपुरानै क्लबबाट व्यावसायिक लिग खेल्ने निर्णय लिएको छु”, रोहितले भनेका छन् ।

क्लबसँग औपचारिक सम्झौतसहित एएफसी कपमा नाम दर्ता गर्न रोहित आजै बेलुका इण्डोनेशिया जाँदैछन् । उनी करीब दुई महीनादेखि नेपालमा थिए । पछिल्लो समय क्लब र रोहितबीच सेवा सुविधाको विषयमा कुरा नमिल्दा सम्झौता हुन सकेको थिएन ।

लिग च्याम्पियनका रुपमा रोहितले पर्सिजाबाट एएफसी कप खेल्देछन् । एएफसी कप खेल्नका लागि नाम दर्ता गर्ने अन्तिम समय बिहीबार सकिँदैछ । सोही कारण रोहित आजै बेलुका इण्डोनेशिया जान लागेका हुन् । रोहितले खेल्ने इण्डोनेशियाको लिग भने आगामी अप्रिलबाट मात्र शुरु हुनेछ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ